default_image

8 years ago

October 26, 2017

मेस्सीसँग आजीवन सम्झौता गर्ने बार्सिलोनाको योजना !

130 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउले क्लबले लियोन मेस्सीसँग आजीवन सम्झौता गर्न चाहेको खुलासा गरेका छन् । अर्जेन्टिनाका सुपर स्टारले जुलाईमा ४ वर्षे नयाँ सम्झौताका लागि सहमति जनाएका थिए । तर, सम्झौतामा हस्ताक्षर गर्न क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र उनीसँगै बस्न बाँकी छ ।

बार्टोमेउले मेस्सीसँग योजना अनुसारनै छलफल गर्ने र उनी बार्सिलोनामा पछि सम्म बस्न तयार हुने अपेक्षा राखेको बताइएको छ । यो महिनाको सुरुआतमा मिडफिल्डर आन्द्रेस इनियस्टासँग गरेको आजीवन सम्झौता गरे जस्तै क्लबले ३० वर्षे मेस्सीसँग सम्झौता गर्न चाहेको बताइएको छ ।

कार्यकारी अधिकृत ग्राउले खेल जीवनपछि पनि मेस्सीको भविष्य सुनिश्चित होस् भन्ने अभिप्रायका साथ आजीविन सम्झौता गर्ने प्रयास गरिएको खुलाएका छन् । ‘मेस्सीले जुनमा नयाँ ४ वर्षे सम्झौता गरेका छन् । तर क्लब उनलाई आजिवन सम्झौता गर्न चाहन्छ,’ बार्सिलोनाको शनिबार सम्पन्न साधारण सभामा ग्राउले भनेको इएसपिएनले उल्लेख गरेको छ ।

‘सानै उमेर देखि मेस्सी क्लबमा छन् । उनी यहि रहेको हेर्न चाहन्छौं किन की उनी यहाँका आदर्श हुन्’ उनले भने, ‘खेल जीवन पछि पनि उनी क्लबसँगै निरन्तर रहुन् भन्ने हामी चाहन्छौं ।’ मेस्सीको अहिलेको सम्झौता अर्को वर्ष सकिदैछ । क्लब मेस्सी अन्य क्लबमा नजाउन भन्नका लागि यस्तो योजना अघि सार्ने तयारी गरेको बताइएको छ । अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले यो सिजन बार्सिलोनाका लागि १२ खेलमा १४ गोल गरिसकेका छन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.