default_image

8 years ago

October 26, 2017

एभर्टनलाई हराउँदै चेल्सी इएफएल कपको क्वार्टरफाइनलमा

95 views

0 Bookmark

लन्डन (एजेन्सी) – एभर्टनलाई २-१ ले पराजित गर्दै चेल्सी इङ्लिस फुटबल लिग कपको अन्तिम ८ मा स्थान पुगेको छ । घरेलु मैदानमा गए राती टोलीलाई जित दिलाउन एन्टोनियो रुडिगर र विलियानले गोल गरे ।Chelsea Willian

पूर्व प्रशिक्षक रोनाल्ड कोइमान बर्खास्त भएयता पहिलो खेल खेलेको एभर्टनलाई चेल्सीका गोलकिपर विली काबालेरोले थुप्रै पटक अग्रता लिनबाट रोकेका थिए । चेल्सीले जर्मन डिफेन्डर रुडिगरको गोलमा २६ औं मिनेटमा अग्रता लियो । चार्ली मुसोन्डाको क्रसमा हेड मार्फत गोल गर्दै यसै सिजन चेल्सीसँग अनुबन्ध भएका रुडिगरले गोल गरेका थिए ।

चेल्सीका विलियानले खेलको अन्तिम समयमा गोल गर्दै चेल्सीको क्वाटर फाइनलमा स्थान पक्का गरेपनि डोमिनिक कार्भर्ट लेविनले इन्जुरी समयमा भ्रमणकारी टोलीलाई सान्त्वना गोल दिलाए । अर्को खेलमा टोटेनह्याम वेस्ट ह्याम युनाइटेडसँग घरेलु मैदानमा ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.