8 years ago
October 26, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सनसनी केलियन बाप्पेले क्लबका सहकर्मी नेयमार र इडिन्सन काभानीको प्रदर्शनको उच्च तारिफ गर्नुका साथै आफुलाई स्थापित गर्न मद्दत गरेको बताएका छन् ।
१८ वर्षे फ्रान्सेली युवा अर्को वर्ष स्थायी रुपमा पिएसजीमा रहने गरि यो सिजन लोनमा मोनाकोबाट त्यहाँ पुगेका थिए । उनको उच्च प्रदर्शनको मद्दतमा गत सिजन मोनाकोले लिग १ को उपाधि जितेको थियो । उनले त्यो सिजन सबै प्रतियोगितामा गरि २६ गोल गरेका थिए ।
उनको प्रदर्शन नयाँ सिजनमा पनि यथावत छन् । हालै बाप्पेले गोल्डेन ब्वाइ अवार्डबाट सम्माजित भएका थिए । यसअघि त्यो अवार्ड वायन रुनी, सर्जियो अगुइएरो र पाउल पोग्बाले पाइसकेका छन् । नयाँ क्लबमा भिज्नका लागि नेयमार र काभानीले निकै सहज बनाइदिएको बाप्पेले बताएका छन् ।
‘नेयमार साच्चै मेरो दाई जस्ता छन् । उनी जस्तो उत्कृष्ट खेलाडी हरेक दिन सँगै रहनु मेरा लागि ठूलो विषय हो,’ उनले भने, ‘उनी साच्चै महान खेलाडी हुन्, जसले पिएसजीलाई अर्कै स्तरमा पुर्याउने छन् । उनी जस्तो खेलाडी हुनु क्लबका लागि उत्साजनक विषय हो । हामीलाई लागेको छ उनीले यहाँ सहज महसुस गरेका छन्, उनी धेरै चिज गर्ने क्षमता भएका खेलाडी हुन् ।’
बाप्पेले काभानीको पनि खुलेर प्रशंसा गरे । ‘मेरो र नेयमारका काभानी पूर्ण रुपका सहकर्मी हुन् । उनी जति बेला पनि चलायमान छन् र उनको सर्ट पनि अदभुत छ’ बाप्पले भने, ‘उनी स्वभाविक गोलकर्ता हुन् । पूर्ण व्यावसायिक र एकदमै राम्रो मान्छे हुन् । उनी विश्वका उत्कृष्ट स्ट्राइकर मध्येका एक हुन् ।’ बाप्पेले पिएसजी पुगेयता सबै प्रतिस्पर्धाका ११ खेलमा गरि ४ गोल गर्नुका साथै ४ वटा गोलमा एसिस्ट गरिसकेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]