8 years ago
October 27, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले फुयेनलाब्राडालाई कोपा डेल रेको अन्तिम ३२ को पहिलो लेगमा गए राति २-० ले हराएको छ । स्पेनिस लिगको तेस्रो डिभिजनको क्लबलाई हराउँन रियलले पेनाल्टीको सहारा लिनुपरेको थियो । दुवै पेनाल्टी दोस्रो हाफमा भएको थियो ।
अघिल्लो खेलबाट ६ खेलाडी परिवर्तन गरेको रियललाई पहिलो गोल गर्न खेलको ६३ औं मिनेटसम्म पर्खनु पर्यो । फ्रान गार्सियाले १८ वर्षीय अच्राफ हाकिमीलाई फल गर्दा पाएको पेनाल्टीलाई मारको असेन्सियोले गोलमा परिणत गरेका थिए ।
दोस्रो पहेलो कार्ड पाउँदै फुयेनलाब्राडाका खेलाडी पाको काण्डेला बाहिरिएपछि खेलको ७९ औं मिनेटमा घरेलु टोली १० खेलाडीमा सिमित भयो । काण्डेलाको फलमा पाएको पेनाल्टीमा लुकास भाजक्वेजले रियललाई पेनाल्टी मार्फत दोस्रो गोल दिलाए । रियलका २१ वर्षीय जिसस भालेजोले डेब्यु खेलको ८९ औं मिनेटमा सोझै रातो कार्डको सामना गरे ।
हाइलाइट्स
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]