8 years ago
October 27, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का कीर्तिमानी स्ट्राइकर नेयमारले क्लबबाट प्राप्त गरेको अलग छुट र सुविधा प्रति अन्य खेलाडी असन्तुष्ट रहेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । नेयमारलाई क्लब भित्रका विभिन्न आन्तरिक नियमहरुमा छुट रहेको पारिसिएनले जनाएको हो ।
बार्सिलोयनाबाट २ सय २२ मिलियन यूरोमा फ्रान्सेली क्लब पुगेका ब्राजिलियन स्ट्राइकरको व्यक्तिगत दुई फिजीयो छन् , जुन क्लबमा अस्वभाविक हो । त्यस्तै प्रशिक्षण दौरान नेयमारलाई ट्याकल गर्न मनाही छ ।
उनलाई कुनै चोट लाग्न नदिन क्लबले यस्तो आदेश दिएको हो । त्यसबाहेक नेयमार क्लबका एकमात्र यस्ता खेलाडी हुन्, जसले आफुले चाहे अनुरुपको ब्रान्डको झोला बोक्छन् । अन्य खेलाडीले पिएसजीको लोगो अंकित झोला बोक्नुपर्दछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]