10 years ago
December 15, 2015
राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई उनकै इलामेली मित्र प्रकाश बराइलीले लेख्नुभएको शुभकामना संदेश यस्तो छ:
नवयुग, नाम जस्तै छ तेरो काम पनि।
सम्झन्छु त्यो दिनहरु जब तैले खेलेका स्कुलको फूटबल म्याच हरु, जब त खेल्थिस लग्थ्यो अब हाम्रो स्कुलले नै जित्नेछ। हुन पनि त्यस्तै हुन्थ्यो जतिपल्ट त खेलिस कहिले पनि हाम्रो स्कुलले हारेन। एकदम खुशी लाग्छ त्यो दिनहरु सम्झँदा। त्यसरी नै तेरो प्रगतिको पाइला अघि बढ्दै जाँदा ईलामलाई पहिलोपल्ट राष्ट्रियस्तरको सभापति कप को विजेता बनाइस, सारा इलामेले त्यो बेला गर्व गर्ने क्षण बनेको थियो। त्यसैगरी त्रिभुवन आर्मी क्लबबाट तैले गरेको प्रगती त कसले बिर्सन सक्छ र।
हाम्रो लागि यो नै एउटा गर्वको विषय बनेको छ। अब दिन आएको छ नयाँ युग को। अब दिन आएको छ हाम्रो विश्वास को। नेपाली फूटबलको पछिल्लो अवस्थालाई हेर्दा साह्रै दु:ख लाग्छ। केही मात्रै भएपनि हाम्रो देशको फूटबलको कालो भागलाई बागमतीले पखाली दिएको छ। त जस्तै अरु पनि धेरै राम्रा राम्रा हाम्रो विश्वाश हरु आएका छन।
क्षणिक लोभ र लालचमा नलागी हाम्रो देश नेपाल को लागि अब तैले खेल्नु छ। मलाई बिस्वाश छ नवयुग स्कुल पढ्दाको त प्रतिको भरोसा कहीलेपनि तोडिने छैन। दिल खोलेर खेल, मन लगाएर खेल, हामी तेरो साथ मा छौँ। तँ प्रति हाम्रो धेरै नै आशा छ नवयुग।
तपाईं पनि यस्तै कुनै लेख छन् भने [email protected] मा इमेल गर्न सक्नुहुन्छ|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]