8 years ago
October 27, 2017
कोलकाता (हाम्रो खेलकुद) – भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि भोली साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ ।
युवा खेलाडीले विश्व फुटबलमा चिनाउने पहिलो खुड्किलोको रुपमा यु १७ विश्व कपमा लिइन्छ । पछिल्लो संस्करणहरुका विजेता खेलाडी सेस फेब्रिगास, टोनी क्रुज, ल्याण्डन दोनोभान, ईहेनाचो र एण्डरसन अहिले अन्तराष्ट्रिय फुटबल र युरोपियन लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । यो विश्व कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी भविष्यमा विश्व फुटबलमा तहल्का सामथ्र्य राख्दछन् भन्ने अनुमान गर्न सकिन्छ । विश्व कपका अन्तिम दुई खेल बाँकी रहँदा धेरै खेलाडीले सम्झनलायक प्रदर्शन गरिसकेका छन् । त्यसमध्ये उत्कृष्ट पाँच खेलाडीका बारेमा यहाँ चर्चा गरिएको छ ।
फिल फोडेन (इङ्ल्यान्ड)– म्यानचेस्टर सिटीका युवा मिडफिल्डर प्रतियोगितामा इङ्ल्यान्डका मुख्य खेलाडी हुन् । अघिल्लो सिजन सेल्टिकसँगको च्याम्पियन्स लिग खेलमा बेन्चमा बसेका फोडेनलाई प्रशिक्षक पेप ग्वार्डिओलाले भविष्यको स्टारको रुपमा प्रिसिजनका लागि अमेरिका भ्रमणमा सामेल गरेका थिए । जारी विश्व कपमा उनले एकरुपको प्रदर्शन गरेका छन् । राइट विग्स्बाट निकै छिटो खेल्दै उत्कृष्ट पास निकाल्ने क्षमता भएका फोडेनले ब्राजिलसँगको खेलमा मैदान छाड्दा कोलकाताको साल्ट लेक सिटिको मैदानमा भएका समर्थनहरुले उठेर ताली बजाउँदै सम्मान दर्शाएका थिए।
हान-फिटे आर्प (जर्मनी)– अहिले सम्म यु १७ को राष्ट्रिय टोलीबाट १९ खेल खेल्दै १८ गोल गरेका आर्पलाई जर्मन फुटबलले उदाउदो स्टारको रुपमा हेरेको छ । यी १७ वर्षे फरवार्डले यस सिजन वेडर ब्रेमिन बिरुद्ध हामबर्गरबाट डेब्युु गर्दा यस शताब्दीमा जन्मेर जर्मन लिग खेल्ने पहिलो खेलाडी भएका थिए । जारी विश्व कपमा ब्राजिलसँग पराजित भए पश्चात उनलाई जर्मन लिगको अफिसियल वेभसाइटले भोलीको स्टार भन्दै लेख लेखेको थियो । फिजिकल र बल होल्ड गर्नमा खप्पिस आर्पको खेल देखेर चेल्सी उनलाई भित्राउन इच्छुक भएको हल्ला चल्न थालेको छ ।
रिआन ब्रेवस्टर (इङ्ल्यान्ड)– सात गोल सहित प्रतियोगिताका उच्च गोलकर्ता रिआनले सेमिफाइनलमा ब्राजिल विरुद्ध ह्याट्रिक गरेका थिए । क्वार्टरफाइनलमा अमेरिका विरुद्ध पनि ३ गोल गरेका थिए । प्रतियोगितामा त्यो उनको त्यो दोस्रो ह्याट्रिक प्रतियोगितामा दोस्रो हो । लिभरपुलसँग आबद्ध रिआनले क्लबमा यु-२३ सँग खेल्ने गरेका छन् । मे महिनामा रिआनको विकास हेरेर आफु निकै खुशी रहेको उल्लेख गरेपनि पहिलो टोलीमा स्थान नरहेको बताएका लिभरपुलका प्रशिक्षक योर्गन क्लपले अब भने सोच्नु पर्ने समय आएको छ ।
पाउलिन्हो (ब्राजिल)– १४ बर्ष पछि यु-१७ बिश्व कप जित्ने ब्राजिलको लक्ष्य सहित भारत आएको ब्राजिल सेमीफाइनलमा इङ्ल्यान्डसँग पराजित हुने बित्तिकै लक्ष्यमा ब्रेक लग्यो तर उक्त खेलमा पनि पाउलिन्होको प्रस्तुति जोडदार रहेको थियो। क्वार्टर फाइनलमा जर्मनी बिरुद्ध २२ यार्ड टाढाबाट गोल गर्दै जितमा मुख्य भूमिका निर्वाह गरेका उनले कुनै दिन क्रिस्टियानो रोनाल्डोसंगै फुटबल खेल्ने सपना देखेका छन्। उमेर समूहको उनको प्रदर्शन नियाल्ने हो भने त्यो दिन धेरै टाढा देखिदैन।
आबेल रुइज (स्पेन)– बार्सिलोना ‘बी’ का फरवार्ड रूइज उमेर समुहमा यो उमेर समुहमै सर्बाधिक सफल मध्येका एक हुन्। उनले स्पेन यु-१७ का लागि ३२ खेल खेल्दै २७ गोल गरेका छन्। २०१६ को युरोपियन यु- १७ का दोस्रो उच्च गोलकर्ता भएका आबेलबाट भोलि हुने फाइनल खेलमा स्पेनले निकै ठुलो आश राखेको छ। स्पेनका कप्तान समेत रहेका अबेलले सेमिफाइनल खेलमा माली बिरुद्ध दुइ गोल गरेका थिए। अबेलले यस प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा उनलाई स्पेनिस मिडियाले फरर्नान्डो टोरेससँग तुलना गर्न थालेका छन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]