8 years ago
October 27, 2017
ओल्डट्राफोर्ड (एजेन्सी) – ह्यामस्ट्रिङ चोटका कारण टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनले म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्र्तगत अघिल्लो साता वेम्बली रंगशालमा लिभरपुललाई ४–१ ले पराजित गरेको खेलमा केनलाई ह्यामस्ट्रिङ समस्या भएको थियो ।
इङ्लिस प्रिमियर लिग अन्र्तगत शनिबार टोटनह्यामले म्यानचेष्टर युनाइटेडको सामना गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा शनिबार साँझ ५ः१५ बजेपछि शुरु हुनेछ ।टोटनह्यामका प्रशिक्षक मोउरिसियो पोचेटिनोले टिमको मनोबल बढाउन केनलाई टिमसँगै प्रशिक्षणमा राखिएको छ । केनको चोटसँगै टोटनह्यामलाई म्यानचेष्टरविरुद्धको महत्वपूर्ण खेलमा असहज हुने अनुमान गरिएको छ ।
केनले यस सिजनमा टोटनह्यामका लागि १२ खेलमा १३ गोल गरिसकेका छन् । प्रिमियर लिगमा नवौं चरणको खेल सकिदा म्यानचेष्टर युनाइटेड २० अंकसहित दोस्रो तथा समान २० अंक नै भएपनि टोटनह्याम गोल अन्तरमा तेस्रो स्थानमा रहेको छ । २५ अंकसहित म्यानचेष्टर सिटी लिगको शीर्ष स्थानमा छ । साविक विजेता चेल्सी १६ अंकसहित चौथो स्थानमा छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]