default_image

8 years ago

October 28, 2017

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी वेस्ट ब्रोमको सामना गर्दै

122 views

0 Bookmark

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज लिगको तेर्हौँ स्थानमा रहेको वेस्ट ब्रोमको सामना गर्दै छ । आज साँझ ७.४५ बजे सुरु हुने यस खेल वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिने छ ।

लिग कपमा वोल्भरह्याम्प्टनसँग १२० मिनेट खेलेका सर्जियो अगुएरो र रहिम स्टेर्लिङलाई प्रशिक्षक पेप ग्वार्डियोलाले विश्राम दिने सम्भावना छ । मध्य सातामा रहेको नेपोली विरुद्धको महत्त्वपूर्ण खेललाई पनि ध्यानमा राख्दै ग्वार्डियोलाले टोली चुन्ने छन् । मिडफिल्डर इल्के गुन्डोगन भने हालै घाइते भएकाले यस खेलमा सहभागी हुने छैनन् ।

घरेलु टोली भने मुख्य खेलाडिहरु घाइते भएकाले डिफेन्समा कमजोर देखिएको छ । वेस्ट ब्रोमका जोनी इभान्स, ग्यारेथ मिकली र क्रेग डसन चोटग्रस्त रहेका छन् ।सिटीले वेस्ट ब्रोमसँग पछिल्ला १२ खेल जितेको छ भने लिगमा लगातार सात खेलमा जित दर्ता गरेको छ ।

त्यस्तै सोही समयमा लिभरपुल र हडर्सफिल्ड पनि भिड्दै छन् । लिभरपुल गत साता टोटनह्यामसँग ४-१ ले हारेको थियो भने हडर्सफिल्डले म्यानचेस्टर युनाइटेडमाथि २-१ को जित निकालेको थियो । लिभरपुलका फिलिप कौटिन्हो घाइते छन् भने भ्रमणकारी टोलीका स्ट्राइकर स्टिभ मुनियले ५ खेलपछि यस खेलमा आगमन गर्न सक्ने छन् ।

प्रिमियर लिगमा आज खेलिने अन्य खेलहरु:

आर्सनल विरुद्ध स्वान्सि सिटी – ७.४५ बजे

वाटफोर्ड विरुद्ध स्टोक सिटी – ७.४५ बजे

क्रिस्टल प्यालेस विरुद्ध वेस्ट ह्याम – ७.४५ बजे

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.