8 years ago
October 28, 2017
पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले निसलाई ३-० ले पराजित गर्यो ।पिएसजीको जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए ।
मार्सेविरुद्ध रातो कार्ड पाएर प्रतिबन्धित रहेका स्टार खेलाडि नेयमारको अनुपस्थितिमा काभानी खेलको नायक रहे । काभानीमार्फत पिएसजीले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो ।
एन्जल डि मारियाको फ्रिकिकमा काभानीको सुन्दर हेडरद्वारा घरेलु टोलीले अग्रता लिएको थियो । त्यस्तै डि मारियाको चिप बलमा किपरलाई आफ्नो सुन्दर टचले बिट गर्दै काभानीले ३१ औँ मिनेटमा आफ्नो र टोलीको दोस्रो गोल गरे । सो गोल लिगमा काभानीको एघारौँ गोल थियो ।
त्यस्तै दोस्रो हाफमा पनि पिएसजी थप एक गोल गर्न सफल रह्यो । काभानीको हेडिङ पासलाई डि मारियाले गोल हान्न खोज्दा निसका डिफेन्डर डान्टेलाई लागेर बल पोस्टभित्र छिरेको थियो । यस गोलसँगै पिएसजीले आफ्नो ३ अंक पनि सुनिश्चित गर्यो ।
पिएसजी ११ खेलमा ३४ गोल गर्दै २९ अंकसहित लिग १ को शीर्ष स्थानमा छ भने निस केवल १० अंकसहित १४ औँ स्थानमा छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]