8 years ago
October 28, 2017
बोर्नमथ (अजेन्सी) – प्रिमियर लिगमा आज साविक विजेता चेल्सी बोर्नमाउथको सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १०.१५ बजे सुरु हुने सो खेल बोर्नमथको घरेलु मैदान डिन कोर्टमा खेलिने छ ।
घरेलु टोली बोर्नमथ दुई लगातर जित दर्ता गर्दै लयमा देखिएको छ । बोर्नमथले गत साता स्टोक सिटीलाई २-१ ले हराएको थियो भने मध्य साता लिग कपमा मिडल्सब्रोमाथि ३-१ को जित दर्ता गरेको थियो ।
बोर्नमथका लागि फरवार्ड जर्मेन डेफो र जोसुवा किङ दुवै घाइते भएकाले क्यालम विल्सनले सुरुवात गर्न सक्ने छन् । यो विल्सनको १० महिनामा पहिलो सुरुवात हुने छ ।
त्यस्तै चेल्सीले पनि पछिल्लो साता वाटफोर्डमाथि ४-२ को रोमाञ्चक जित हांसिल गरेको थियो भने एभर्टनलाई लिग कपमा २-१ को अन्तरले हराएको थियो । चेल्सीका लागि एन्गोलो कान्टे र भिक्टर मोजेज घाइते रहेका छन् भने डेभिड जापाकोस्टाले टोलीमा आगमन गर्न सक्ने छन् ।
चेल्सी आफ्नो ९ खेलमा १६ अंक बटुल्दै चौथो स्थानमा छ भने बोर्नमथ ७ अंकका साथ १९ औँ स्थानमा रहेको छ । चेल्सीले बोर्नमथ विरुद्धका अघिल्ला तीन खेलमा जित दर्ता गर्दै ती तीनै खेलमा ३ गोल पनि गरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]