8 years ago
October 28, 2017
बिल्बाओ (एजेन्सी) – स्पेनिश ला लिगामा आज लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना एथ्लेटिक बिल्बाओको सामना गर्दै छ । बिल्बाओको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ ।
बार्सिलोनाका लागि डिफेन्डर जोर्डि अल्बा फिट रहेकाले लुकास डिग्नेको साटो उनले टोलीमा स्थान बनाउन सक्ने छन् । त्यस्तै मेस्सी र स्वारेज सम्मिलित अग्रपंक्तिलाई जेरार्ड डेउलेफेउले पुन: साथ दिने देखिएको छ । उस्माने डेम्बेले घाइते भएको अवस्थामा अवसर पाएका डेउलेफेउले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
त्यस्तै बिल्बाओका लागि मिकेल बालेनजियगा सामान्य चोटिल रहे पनि सुरुवात गर्ने सम्भावना छ । बिल्बाओ ९ खेलमा ११ अंकसहित तालिकाको एघारौँ स्थानमा रहेको छ । घरेलु मैदानमा भने बिल्बाओ पछिल्ला २२ मध्ये २० खेलमा विजयी रहेको छ ।
अर्को तर्फ बार्सिलोना २५ अंकसहित तालिकाको अग्रस्थानमा छ र आफ्ना पछिल्ला १६ मध्ये १५ खेल जितेको छ । बिल्बाओसँग अझ ३५ खेलमा बार्साले ३२ मा जित दर्ता पनि गरेको छ ।
आज राति ला लिगामा खेलिने अन्य खेलहरु:
एलाभेस विरुद्ध भ्यालेन्सिया – ४.४५ बजे
एट्लेटिको म्याड्रिड विरुद्ध भिल्लारियल – १०.१५ बजे
सेभिल्ला विरुद्ध लेगानेस – २.१५ बजे (राति)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]