8 years ago
October 28, 2017
कोलकता (हाम्रो खेलकुद)- भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि आज साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ । खेलहरु कोलकता स्तिथ साल्टलेक स्टेडियममा हुने संचालन हुने छ।
प्रतियोगिताको फाइनल प्रवेसको लागि इङ्ल्यान्डले ब्राजिललाई ३-१ ले पराजित गरेको थियो भने स्पेनले मालीलाई पनि ३-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो। सेमीफाइनलमा प्रतियोगिताका उच्च गोलकर्ता रिआनले सेमिफाइनलमा विरुद्ध ह्याट्रिक गरेका थिए भने स्पेनका कप्तान अबेलले माली बिरुद्ध दुइ गोल गरेका थिए। आजको खेलमा यि दुई खेलाडीको प्रदर्शनले नतिजामा ठुलो प्रभाब पार्ने सम्भावना रहेको छ।
गत मे महिनामा सम्पन्न युरोपियन यु-१७को फाइनलमा स्पेनसँग पेनाल्टीमा पराजित भएको इङ्ल्यान्ड उपाधि जित्दै बदला लिने सुरमा रहेको छ। फाइनल खेल नेपाली समय ८:१५मा सुरु हुनेछ भने तेस्रो स्थानको लागि खेल ५:१५ मा सुरु हुने छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]