default_image

8 years ago

October 28, 2017

मार्सियालको निर्णायक गोलमा युनाइटेड विजयी

120 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ले हराउन सफल भएको युनाइटेडको जितमा परिवर्तित खेलाडि एन्थोनी मार्सियालले निर्णायक गोल गरेका थिए

Martial

टोटनह्याम आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनबिना मैदानमा उत्रिएकाले आक्रमणमा केहि फितलो देखियो लिगका सर्वाधिक गोलकर्ता केनले यस खेल ह्यामस्ट्रिङ समस्याका कारण गुमाउन परेको थियो

खेलको पहिलो हाफमा दुवै टोलीले अवसरहरु पाए पनि तिनको सदुपयोग भने गर्न सकेका थिएनन् दोस्रो हाफमा भने दुवै टोली अलि आक्रामक रुपमा प्रस्तुत भएका थिए

खेलको पहिलो राम्रो अवसर टोटनह्यामका डेले अल्लीले पाएका थिए खेलको ७७ औँ मिनेटमा क्रिस्टियन एरिक्सनको डिन्क बललाई अल्लीले पोस्टभन्दा थोरै बाहिर हानेका थिए त्यसको दुई मिनेटमै जेसे लिन्गार्डको पासमा रोमेलु लुकाकुको हेडर पोस्टमा लागेर फर्किएको थियो

खेलको मुख्य क्षण भने ८१ औँ मिनेटमा आयो लुकाकुको पासमा सब्स्ट्युसनबाट आएका मार्सियालको प्रहारमा गोलकिपर ह्युगो लोरिस बिट हुन पुगेका थिए मार्सियाल ७० औँ मिनेटमा मार्कोस रासफोर्डको ठाउँमा मैदान प्रवेश गरेका थिए

यस जितसँगै तालिकाको दोस्रोमा रहेको युनाइटेडको १० खेलमा २३ अंक रहेको भने तेस्रो स्थानमा रहेको टोटनह्यामको २० अंक रहेको

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.