default_image

8 years ago

October 30, 2017

‘डि मारिया अझै बढी खेल्न पाउन योग्य’– कप्तान सिल्भा

162 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का कप्तान थिएगो सिल्भाले अर्जेन्टिनी स्टार एन्जल डि मारिया क्लबबाट अझै बढी खेल्न पाउन योग्य रहेको बताएका छन् । रियल म्याड्रिडका पूर्व स्टारले शुक्रबार लिग वानमा नेयमारको उपस्थिति विनाको खेलमा उच्च प्रदर्शन गरेको थियो । उक्त खेल पिएसजीले ३–० ले जितेको थियो ।

लिग वानको आधिकारिक वेभसाइटसँगको कुराकानीमा सिल्भाले भने,‘ डि मारिया हाम्रा लागि एकदमै महत्वपूर्ण खेलाडी हुन् । नेयमार विना पनि उनले आफ्नो महत्वलाई पुष्टी गरेका थिए ।’अगस्ट यता डि मारियाले दुई पटक मात्र पहिलो रोजाइमा पर्ने अवसर पाएका थिए । शुक्रबारको जितमा इन्डिसन काभानीलाई दुई गोलका लागि डि मारियाले पास मिलाइदिएका थिए ।

टोलीमा डि मारियाको भूमिका बारे सिल्भाले थपे,‘पछिल्लो सिजन क्लबका उनले जे गरे त्यसका आधारमा उनले अझै बढी खेल खेल्न पाउनुपर्दछ भन्ने लाग्छ । यद्दपी कसलाई खेलाउने वा नखेलाउने भन्ने विषयमा निर्णय लिन प्रशिक्षकलाई कठिन छ । पिएसजीमा धेरै स्तरीय खेलाडी छन् । उनको प्रदर्शनका आधारमा हामी भन्न सक्छौ आउने दिनमा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी हुन् । ’

युरी ब्रिचिची र जुलियन ड्रयाक्सलरले पनि पहिलो रोजाइमा पर्न योग्य छन् । लोकास माउरा र जाभियर पासटोरेले बेन्चबाट सुरुआत गरेर पनि उच्च प्रदर्शन गरिरहेका छन् । सिल्भाले सबैको उच्च प्रदर्शन जारी रहेकाले टोलीको बेन्च पनि बलियो रहेको बताउछन् ।

‘बलियो टोली नहुँदा सम्म ठूलो सफलता पाउन सकिन्न । त्यसका लागि २०–२२ जना उत्कृष्ट खेलाडी चाहिन्छन्’ उनले भने, ‘जसले धेरै खेल्ने अवसर पाएका छैनन्, उनीहरुले पनि टोलीको सफलताका लागि अरुको मनोबल बढाइरहेका छन् । लामो सिजनका सबैको जरुरी पर्दछ, त्यसले धेरै सफलता प्राप्त गर्ने सम्भावना रहन्छ ।’

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.