default_image

8 years ago

October 28, 2017

इङ्ग्ल्यान्डले यु-१७ विश्व कप उपाधि उचाल्यो

141 views

0 Bookmark

दिपेश तिमलसिना

कोलकाता  –इङ्ग्ल्यान्डले फिफा यु १७ विश्व कप फुटबलको उपाधि जितेको छ । स्पेनलाई आज ५-२ ले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको हो ।  दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै इङ्ग्ल्यान्डले आफ्नो पहिलो यु-१७ विश्व कप जितेको हो ।

खेलको दशौँ र ३१ औँ मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई बलियो स्थितिमा पुर्‍याएका थिए । तर रायन ब्रुस्टरले पहिलो हाफको अन्तिमतिर गोल गर्दै इङ्ग्ल्यान्डलाई खेलमा फर्काउन खोजेका थिए ।

दोस्रो हाफमा भने इङ्ग्ल्यान्ड थप चार होल गर्न सफल रह्यो । मोर्गन गिब्ब्स-व्हाइटले ५८ औँ मिनेटमा गोल गर्दै खेल बराबरी पारेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका युवा खेलाडि फिल फोडेनले ६९ औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई पहिलो पटक खेलमा अग्रता दिलाएका थिए ।

८४ औँ मिनेटमा मार्क ग्विहीले डिफेन्डर जोनाथन पान्जोको पासमा गोल गर्दै स्कोर ४-२ पारेका थिए । खेल सकिन केहि समय रहँदा फोडेनले फेरि गोल गर्दै इङ्ग्ल्यान्डको निकै आकर्षक कम-ब्याक पनि सुनिश्चित गरे ।

यस प्रतियोगितामा कुल ८ गोल गरेका रियान ब्रुस्टरले सर्वाधिक गोल गर्दै गोल्डेन बुट पाए भने फोडेन प्रतियोगिताको उत्कृष्ट खेलाडि घोषित हुँदै गोल्डेन बल जिते । त्यस्तै ब्राजिलले भने फेयर-प्लेको उपाधि जितेको हो । भारतमा आयोजित यस २३-दिने प्रतियोगिता ६ अक्टोबरदेखि सुरु भएको हो ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.