8 years ago
October 29, 2017
म्युनिख (एजेन्सी) – बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले आरबी लेपजिगलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा रोबर्ट लेवान्डोस्की र ह्यामेस रोड्रिगेजले गोल गरेका थिए ।
खेलमा राम्रो सुरुवात गरेको लेपजिग तेह्रौँ मिनेटमा विलि ओर्बानको रातो कार्डसँगै १० खेलाडिमा सीमित हुन परेको थियो । त्यसपश्चात पाएको फ्रिकिकलाई आर्यन रोब्बेनले प्रहार गर्दा सो प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।
तर १९ औँ मिनेटमा भने हामेस रोड्रिगेजले पाएको अवसर खेर नफाल्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । रोब्बेनको पासलाई सदुपयोग गर्दै उनले सुन्दर गोल गरेका थिए ।
त्यस्तै पहिलो हाफमा बायर्न थप गोल गर्न सफल रह्यो । जाभि मार्टिनेजको पासमा लेवान्डोस्कीले अफ-साइड ट्र्याप बिट गर्दै बललाई पोस्टको दिशा दिएका थिए । सिजनको उनको यस दशौँ गोलका साथ बायर्नले पूरा ३ अंक पनि सुनिश्चित गरेको थियो ।
यस जितसँगै बायर्न १० खेलमा २३ अंकका साथ तालिकाको अग्रस्थानमा रहेको छ भने लेपजिग १९ अंकका साथ तेस्रोमा रहेको छ ।
गए राति बुन्डेस लिगामा खेलिएका अन्य खेलहरु:
ह्यानोभर ९६ ४-२ बोरुसिया डर्टमन्ड
होफनह्याम १-३ बोरुसिया ग्ल्याडब्याक
हेर्था बर्लिन २-१ ह्यामबर्गर
साल्का १-१ वोल्फ्सबर्ग
बायर लेभेरकुसेन २-१ कोलोन
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]