8 years ago
October 29, 2017
जिरोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज साविक विजेता रियल म्याड्रिड जिरोनाको सामना गर्दै छ । जिरोनाको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको ९ बजे सुरु हुने छ ।
रियल म्याड्रिडका ड्यानी कार्जाभाल ट्रेनिङमा फर्किए पनि पूर्ण फिट रहेका छैनन् । त्यस्तै अच्राफ हाकिमिले पुन: डिफेन्समा स्थान बनाउने सम्भावना रहेको छ भने इस्कोले क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमालाई अग्रपंक्तिमा सघाउने छन् ।
अर्को तर्फ जिरोनाका फरवार्ड क्रिस्थियन स्टुवानि प्रतिबन्धपछि टोलीमा फर्कँदै छन् । म्यानचेस्टर सिटीबाट लोनमा रहेका युवा खेलाडि एलेक्स गार्सियाले स्टुवानिलाई अग्रपंक्तिमा साथ दिने छन् ।
रियलले आफ्ना अघिल्ला चार लिग खेलमा जित दर्ता गरेको छ भने पछिल्ला १३ अवे खेलहरुमा शतप्रतिशत नतिजा कायम गरेको छ ।
गत साता डेपोर्टिभोलाई हराएकाले तालिकाको पन्ध्रौँमा रहेको जिरोनाको मनोबल पनि उच्च नै छ । तर घरेलु मैदानमा खेलिएका पछिल्ला ३ खेलमा उसले हार बेहोरेको छ ।
रियल एक खेल कम खेल्दै बार्सिलोनाभन्दा ८ अंक पछाडि रहेको छ । सो अन्तर कम गर्नका लागि पनि रियललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]