default_image

8 years ago

October 29, 2017

नेपाली युवा टोली किर्गिस्तानतर्फ

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेल्न नेपाली युवा टोली आज किर्गिस्तान प्रस्थान गरेको छ । छिरिङ लोप्साङको मुख्य प्रशिक्षणमा रहेको टोलीले यो साता सुरु हुने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।

बिदाईपछि युवा टोली सामूहिक तस्बिर खिचाउँदै । तस्बिर: विकेक सुवेदी/हाम्रो खेलकुद

किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ । यो समूहमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएइ) र ओमान रहेका छन् ।

असोजको पहिलो साता लोप्साङको नेतृत्वमा नेपालले भुटानमा साफ यू १८ च्याम्पियनसिपको उपाधि जितेको थियो । अहिलेको टोलीमा अधिकांश तीनै खेलाडी रहेका छन् । लोप्साङको प्रशिक्षण टोलीमा पुष्कर शाही प्रशिक्षक र मृगेन्द्र मिश्र सहायक प्रशिक्षकका रुपमा रहेका छन् ।
नेपालले मंगलबार आयोजक किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नोभेम्बर २ मा बहराइनसँग प्रतिस्पर्धा गर्ने नेपालले नोभेम्बर ४ मा युएइ अन्तिम खेलमा नोभेम्बर ८ मा ओमानको सामना गर्नेछ ।

१० समूहका विजेता र समग्रमा उत्कृष्ट ५ उपविजेता र आयोजक राष्ट्रको सहभागितामा यू १९ च्याम्पियनसिपको अन्तिम चरण अर्को वर्ष आयोजना हुनेछ ।

अघिल्लो महिना भुटानका भएको साफ यू–१८ च्याम्पियन बनेको नेपाली टोली यसपटक एएफसी यू–१९ च्याम्पियनसिपको समूह चरण पार गर्ने लक्ष्य राखेको छ । नेपाली युवा टोलीलाई राखेपका सदस्य सचिव केशव कुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिदाई गरे ।

राखेपका सदस्य सचिव केशव कुमार विष्टले एन्फाले सिफारिस गरे तत्कालै युवा टोलीलाई नगदसहित सम्मानित गर्ने बताउदै युवा टिमलाई जितको शुभकामना व्यक्त गरे ।

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले सम्पूर्ण खेलाडीहरुलाई उच्च स्तरको प्रदर्शनको लागि शुभकामना व्यक्त गरे । ‘एएफसीमा उच्च स्तरको टोली रहेका छन्,’ खेलाडीलाई शुभकामना दिदै उनले भने,‘तपाईहरु निडर भएर खेल्नुहोस् ।’

नेपाली टोली
अर्पण कार्की (कप्तान)
प्रिजन तामाङ (उपकप्तान)
अभिशेक बराल
विश्व उदास
विकास खवास
राजन गुरुङ
सुमन अर्याल
निराजन महर्जन
रोमन लिम्बु
अशोक थापा
दिनेश हेन्जन
अभिशेक रिजाल
अनिल महर्जन
सेसेहाङ आङदेम्बे
आकाश श्रेस्ठ
एरिक विष्ट
रेजीन सुब्बा
धिराज श्रेष्ठ
सुरज ठकुरी
राजेश परियार
मनिष थापा
सोजित गुरुङ
छिरिङ लोप्सङ (मुख्य प्रशिक्षक)
पुस्कर शाह (प्रशिक्षक)
मृगेन्द्र मिश्र (गोलकिपर प्रशिक्षक)
गणेश बहादुर चन्द (व्यवस्थापक)

 

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.