default_image

8 years ago

October 30, 2017

फाइनल चरण पुग्ने युवा फुटबल टोलीको लक्ष्य

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तानमा यो साता सुरु हुने एएफसी यू १९ फुटबल च्याम्प्यिनसिपमा नेपालले उच्च प्रदर्शनको अपेक्षा राखेको युवा टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् । कप्तान अपर्ण कार्कीले अन्तिम चरण पुग्ने आशा राखेका छन् । त्यस्तै प्रशिक्षक छिरिङ लोप्साङले टोली अघिल्लो चरण पुग्ने क्षमता राख्ने बताउँछन् ।

युवा टोलीका प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान अपर्ण कार्की (दायाँ) ।

छनोटको समूह एमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएइ) र ओमान रहेका छन् । नेपालले मंगलबार आयोजक किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नोभेम्बर २ मा बहराइनसँग प्रतिस्पर्धा गर्ने नेपालले नोभेम्बर ४ मा युएइ अन्तिम खेलमा नोभेम्बर ८ मा ओमानको सामना गर्नेछ ।

१० समूहका विजेता र समग्रमा उत्कृष्ट ५ उपविजेता र आयोजक राष्ट्रको सहभागितामा यू १९ च्याम्पियनसिपको अन्तिम चरण अर्को वर्ष आयोजना हुनेछ ।

नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । विदाइका अवसरमा कप्तान अपर्ण र प्रशिक्षक लोप्साङले के भने ?
अपर्ण कार्की- (कप्तान)

किर्गिस्तान जानुअघि साफ च्याम्पियनसिप जित्नुले टोलीको तयारी झनै राम्रो भएको छ । हाम्रो लक्ष्य भनेको दोस्रो चरण पुग्ने हो । टोलीको प्रशिक्षण साफमा भन्दा राम्रो छ । यसमा साफमा भन्दा नतिजा आउने हामीले आशा गरेका छौं । तर, छनोट हुने भनेर हुँदैन हामीले हामी सबै शतप्रतिशत दिनुपर्ने छ । टिम कम्बिनेसन राम्रो भएकाले हामीले बढी आशा गरेका हौं । सबै उस्तै हुन्, त्यसमध्ये युएई र बहराइन बलियो छन् भन्ने लाग्छ । दोस्रो चरण पुग्न खेल जित्नै पर्ने बताए । साफ यू–१८ च्याम्पियन बनेपछि हाम्रो मनोबल उच्च छ ।

छिरिङ लोप्साङ – प्रशिक्षक

मौकाको सदुपयोग गर्न सके हाम्रो टोली अर्को चरणमा पुग्ने क्षमता भएको टोली हो । हाम्रो लक्ष्य पनि अघिल्लो चरण पुग्ने नै हो । उमेर समूहमा नेपालको प्रदर्शन सधै राम्रो हुने गर्दछ । यू–१९ टोलीपनि त्यसबाट पछि छैन । टोलीमा फिटनेस र टेक्निकल समस्या साफपछि समाधान गरेका छौं । ४ खेलाडी पनि परिवर्तन गरेका छौं ।

बिदाईपछि युवा टोली सामूहिक तस्बिर खिचाउँदै । तस्बिर: विकेक सुवेदी/हाम्रो खेलकुद

 

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.