default_image

8 years ago

October 29, 2017

जिरोनासँग रियल म्याड्रिड स्तब्ध

160 views

0 Bookmark

जिरोना (एजेन्सी) – स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिड जिरोनासँग २-१ ले पराजित भएको छ । १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोनाले सो जित दर्ता गरेको हो ।

रियल म्याड्रिडले खेलमा राम्रो सुरुवात गर्दै बाह्रौँ मिनेटमा अग्रता लिन सफल भएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रहार रिबाउन्डमा आएपछि सो अवसरको सदुपयोग गर्दै इस्कोले रियललाई अग्रता दिलाएका थिए । रियलले सो अग्रता पहिलो हाफसम्म कायम राखे पनि दोस्रो हाफमा जिरोना दुई गोल गर्न सफल भएको थियो ।

खेलको ५४ औँ मिनेटमा स्ट्राइकर क्रिस्थियन स्टुवानिले आफुले पाएको अवसरमा राम्रो फिनिस गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटमा जिरोना अर्को गोल गर्न पनि सफल भयो ।

पब्लो माफियोको पासमा क्रिस्टियन पोर्टुको गोल जिरोनाको ऐतिहासिक जितका लागि पर्याप्त सावित भयो । यस जितसँगै १० खेलमा १२ अंकका साथ जिरोना एघारौँ स्थानमा उक्लेको छ ।

रियल भने १० खेलमा २० अंकसहित तालिकाको तेस्रोमा रहेको छ । रियल बार्सिलोनाभन्दा ८ अंकले पछि रहेको छ र यो हारपश्चात रियलको उपाधि रक्षामा पनि ठूलो धक्का पुगेको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.