8 years ago
October 30, 2017
पेरिस (एजेन्सी)– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को अबको पेनाल्टी एडिन्सन काभानीले नभएर ब्राजिलियन स्टार नेयमारले प्रहार गर्ने टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् ।
सेप्टेम्बरमा लियोनसँगको खेलमा प्राप्त पेनाल्टी कसले प्रहार गर्ने भन्ने विषयमा दुई दक्षिण अमेरिकी खेलाडी विवाद भएको थियो । विवादकाबीच त्यो पेनाल्टी काभानीले प्रहार गरे, तर त्यो गोल हुन सकेन ।
त्यहि विवाद चर्कदै जाँदा नेयमारले काभानीलाई आफ्नो इन्स्टाग्रामबाट अनफलो समेत गरेका थिए । त्यति मात्र होइन नेयमारले काभानी बेच्न पिएसजी सुझाव समेत दिएको सार्वजनिक भएको थियो ।
निसलाई पछिल्लो खेलमा ३–० ले हरारउँदा नेयमार प्रतिबन्धका कारण दर्शकका रुपमा समिति थिए । त्यो खेलमा काभानीले २ गोल गरेका थिए । त्यो जितपछि कप्तान सिल्भाले ड्रेसिङ्ग रुममा सबै सामान्य रहेको बताएका छन् । ‘मेरो विचारमा अबको पेनाल्टी नेयमारले प्रहार गर्नेछन् ’ उनले भने, ‘ काभानी र नेयमारबीच एकअर्का प्रति सम्मान छ । दुवैले मैदानमा आपसमा सघाइरहेका हुन्छन् । लियोनसँगको घटना बितिसक्यो र प्रशिक्षकले त्यसको समाधान दिइसकेका छन् । ’
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]