8 years ago
October 30, 2017
लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो ।
सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै घुंडामा उभिएका छन् । आफ्ना मुस्लिम देशहरु सुरक्षित नभएसम्म कतै सुरक्षित नहुने आईएसको पोस्टरमा लेखिएको छ ।
यो फोटो इस्लामिक स्टेट मिडिया फाउन्डेसनद्वारा फोटोसप गरिएको हो । यस तस्बिरप्रति चिन्ता व्यक्त गर्दै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो टापियाले रुससँग सुरक्षासम्बन्धि छलफल पनि गरेका छन् ।
यसअघि आईएसले मेस्सीलाई जेलभित्र राखिएको तथा प्रशिक्षक डिडियर डेसक्याम्पमाथि बन्दुक तेर्साइएको तस्बिर सार्वजनिक गरेको थियो । विश्वकप २०१८ को प्रतियोगिता स्थल रहेको भोल्गोग्राड एरिनामा एक आईएस लडाकुको बम सहितको तस्बिर पनि विश्वकपलाई लक्षित गरेर आईएसले सार्वजनिक गरेको थियो ।
विश्व खेलकुदमै सबैभन्दा ठूलो र लोकप्रिय मानिने विश्वकपको आउने संस्करण सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म खेलिने छ । अर्जेन्टिनाका मेस्सी र ब्राजिलका नेयमार आआफ्ना राष्ट्रका लागि विश्वकप २०१८ अभियानमा मुख्य भुमिका निर्वाह गर्ने छन् ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]