२३ डिसेम्बर देखी भारत मा हुने साफ सुजुकी कप को तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोली आज बाङ्लादेशको लागि प्रस्थान गर्दै छ ।
३ दिनको बन्द शिभिरमा प्रशिक्षण गरी टोली उतैबाट भारतको केरेला पुग्ने छ ।
प्रशिक्षणको क्रममा नेपालले १७ डिसेम्बरमा बाङ्लादेशको राष्ट्रिय टोली बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई आर्म ब्यान्ड समाल्न दिए लगतै अनिल लगायत साफमा छानिएका खेलाडिहरुको यो पहिलो खेल हुनेछ ।
नेपाल ले २३ डिसेम्बरमा यस संस्करणको पहिलो खेल श्रीलंका बिरुद्ध खेल्ने छ ।