8 years ago
October 30, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो फेरि प्रतिबन्धमा पर्न सक्ने सम्भावना देखिएको छ । गिरोनासँगको खेलका दौरान पेरे पोन्सलाई पेनाल्टी बक्स भित्र धलेका कारण रोनाल्डोमाथि कारवाहीको सम्भावना बढेको छ ।
मिररका अनुसार रोनाल्डो त्यो घटनाका कारण गम्भिर कारवाहीमा पर्न सक्नेछन् । पोर्चुगिज कप्तान यसअघि नै ५ खेलको प्रतिबन्धमा परिसकेका छन् । बार्सिलोनाविरुद्ध स्पेनिस सुपर कपको पहिलो खेलमा रेफ्रीलाई धकेलेका कारण उनी प्रतिबन्धमा परेका थिए । जसका कारण उनले सुपर कपको दोस्रो लेग र लिगका अन्य चार खेल गुमाएका थिए ।
रियल बेटिसको खेलमा उनले पुनरागमन त गरे तर टोलीले भने त्यो खेल गुमाउनु परेको थियो । त्यसयता टोलीले लगातार ४ खेल जित्यो । तर, आइतबार गिरोनासँग फेरि रियल स्तब्ध भएको थियो । रोनाल्डो हरसमय गोलका लागि संघर्ष गरिरहेपनि उनलाई सफलता मिलेन । जसले उनी बढी चिडिएको पनि हुन सक्दछ ।
पेनाल्टी बक्समा पोन्सले रोनाल्डोलाई मार्क गरिरहेका थिए । यद्दपी उनले रोनाल्डोलाई धेरै बाधा पुर्याएका थिएनन । बल आउने क्रममा जब क्रिस्टियानो अब आफुले नभेट्ने देखे त्यसपछि उनले पोन्सलाई धकले । बल अर्का रक्षकले क्लियर गरे । रोनाल्डोले हत्केलाले पोन्सलाई ठेल्दा उनी मैदानमा लडे । उनलाई त्यसै छाडेर रोनाल्डो त्यहाँबाट हिडे ।
अहिले रियल ला लिगामा दबाबमा छ । शीर्षस्थानको बार्सिलोनाभन्दा ८ अंकले पछाडि छ । यस्तोमा टोलीले रोनाल्डोबाट उच्च अपेक्षा राख्छ नै । तर उनको प्रतिबन्धको सम्भावनाले प्रशिक्षक जिनेदिन जिदानले उनी विनाको टोलीको तयारी गर्नुपर्ने बाध्यता हुन सक्दछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]