default_image

8 years ago

October 30, 2017

नेयमार पुनरागमनको तयारीमा

174 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग १ मा शुक्रबार नेयमारलाई ‘मिस’ गर्नु परेन । पिएसजीले निसलाई ३–० ले हराएपछि विश्वका सबै भन्दा महंगा खेलाडीको अभाव महसुस गर्नु नपरेको हो । उनी त्यो खेलमा प्रतिबन्धमा थिए ।

ब्राजिलियन स्ट्राइकर अब फेरि मैदान फर्कने तयारीमा छन् । च्याम्पियन्स लिगमा पिएसजीले मंगलबार बेल्जियन टोली एन्डरलेकको सामना गर्दा नेयमार पहिलो रोजाइमा पर्ने निश्चित प्राय छ । नेयमारको टोली च्याम्यिन्स लिगको अन्तिम १६ मा पुग्न अब एक जितबाट मात्र टाढा रहेको छ ।

मंगलबार एन्डरलेकलाई हराउन सके पिएसजी अन्तिम दुई खेलअघि नै प्रि क्वार्टरफाइनल पुग्नेछ । पिएसजीले अक्टुबर १८ मा भएको पहिलो लेगमा बेल्जियन टोलीलाई ४–० ले हराएको थियो । जसमा नेयमारसँगै केलियन बाप्पे, इन्डिसन काभाी र एन्जल डी मारियाले गोल गरेका थिए ।

शुक्रबार नेयमारको अनुपस्थितिमा काभानीले २ गोल गरेपनि पिएसजीले निसलाई ३–० ले हराएको थियो । मार्सेलसँग २–२ को बराबरी भएको खेलमा नेयमारले रातो कार्ड पाएका थिए । त्यहि कारण उनले शुक्रबारको खेल प्रतिबन्धमा बिताउनु परेको थियो ।

बार्सिलोनाबाट १ सय ९८ मिलियन युरोमा पिएसजी पुगेयता ११ खेलमा उनले १० गोल गसिकेका छन् । च्याम्पियन्स लिगको समूह बीमा पिएसजीले दोस्रो स्थानको बायर्न म्युनिखलाई ३ अंकले पछाडि पारेको छ । त्यस्तै लिग १ मा ११ खेलमा पिएसजीको दोस्रो स्थानको मोनाकोको भन्दा ४ अंक बढी छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.