default_image

8 years ago

October 31, 2017

च्याम्पियन्स लिगमा पिएसजी एन्डरलेक्टको सामना गर्दै

191 views

0 Bookmark

पेरिस (एजेन्सी) – च्याम्पियन्स समूह ‘बि’ अन्तर्गत आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बेल्जियमको एन्डरलेक्टसँग भिड्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने यस खेल आज राति १.३० बजे सुरु हुने छ ।

घरेलु लिगमा निसविरुद्ध प्रतिबन्धमा परेका नेयमार पिएसजीका लागि टोलीमा फर्कँदै छन् । उनले मार्सेविरुद्ध दोहोरो पहेंलो कार्ड पाएकाले एक खेल गुमाउनु परेको थियो ।

यस खेलमा नेयमारले अग्रपंक्तिमा एडिन्सन काभानी र किलियन बाप्पेलाई साथ दिने छन् । थियागो मोट्टा घाइते भएका कारण खेलमा सहभागी हुने छैनन् भने ड्यानि एल्भेसले विश्राम पाउने सम्भावना रहेको छ ।

एन्डरलेक्टका लागि भने डिफेन्समा केहि समस्या देखिएको छ । डिफेन्डर कारा र युरोस स्पाजिच घाइते रहेकाले मिडफिल्डर स्भेन कम्स र लियान्डर डेन्डन्करमध्ये एक जना डिफेन्समा खेल्ने छन् । एन्डरलेक्ट समूहका आफ्ना तीनै खेल हार्दै तालिकाको पुछारमा रहेको छ ।

पिएसजीले भने आफ्ना समूहका तीनै खेल जितेको छ । एन्डरलेक्टसँगको पछिल्लो खेलमा पिएसजीले उसलाई ४-० ले हराएको पनि थियो । घरेलु टोलीले आफ्ना समूह चरणका तीनै खेलमा गोल नखाई १२ गोल गरेकाले आज पनि एन्डरलेक्टविरुद्ध सहज जित दर्ता गर्ने देखिन्छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.