8 years ago
October 31, 2017
पिराएस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ ।
च्याम्पियन्स लिगमा ओलम्पिकोसविरुद्ध अघिल्लो खेलमा रातो कार्ड पाएका डिफेन्डर जेरार्ड पिके यस खेलमा प्रतिबन्धित छन् । जाभियर मासेरानो अस्वस्थ छन् भने अर्का मिडफिल्डर आन्द्रेस इनिएस्टा पनि चोटका कारण खेलमा सहभागी हुने छैनन् ।
लियोनल मेस्सी पनि गत साताको घरेलु खेलमा सामान्य घाइते भएका थिए तर यस खेलमा भने सुरुवात गर्ने छन् । उनलाई अग्रपंक्तिमा लुइस स्वारेज र जेरार्ड डेउलोफेउले साथ दिने छन् ।
बार्सिलोनाविरुद्ध ३-१ को हारमा राम्रै खेल पस्केको ओलम्पियाकोसले आफ्नो टोलीमा धेरै परिवर्तन नगर्ने सम्भावना छ । मिडफिल्डर सेबा भने घाइते रहेका कारण यस खेल गुमाउने छन् ।
बार्सिलोनाले समूहमा आफ्ना तीनै खेल जितेको छ भने ओलम्पियाकोसले सबै खेल हारेको छ । समूहमा एक गोल मात्र खाएको बार्सिलोनाले यस खेलमा आफ्ना केहि खेलाडिहरु घाइते रहेका बावजुद सहज जित दर्ता गर्ने देखिन्छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]