8 years ago
October 31, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘ए’ अन्तर्गत म्यानचेस्टर युनाइटेड आज बेन्फिकाको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ ।
युनाइटेड समूह चरणका आफ्ना तीनै खेल जित्दै समूहको शीर्ष स्थानमा छ भने बेन्फिका जितविहीन रहेको छ । यी दुई बीचको अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेड १-० ले विजयी रहेको थियो ।
च्याम्पियन्स लिगमा टोलीमा परिवर्तन गर्ने गरेकाले प्रशिक्षक जोसे मौरिन्होले आज भिक्टर लिन्डेलफ, एन्थोनियो मार्सियाल र माट्टियो डर्मियानलाई खेलाउने सम्भावना छ । बेन्फिकाका लागि डग्लास घाइते रहेका छन् भने लिसाओ प्रतिबन्धित छन् । यसै गरी आन्द्रे अल्मेडा प्रतिबन्धपछि टोलीमा फर्कँदै छन् ।
त्यस्तै अर्को इङ्ग्लिस टोली चेल्सी समूह सीमा आज रोमासँग भिड्दै छ । स्ट्यामफोर्ड ब्रिजमा यी दुई टोलीले ३-३ को रोमाञ्चक बराबरी खेलेका थिए भने आजको भिडन्त रोमाको घरेलु मैदान स्टाडियो ओलिम्पिकोमा हुने छ ।
चेल्सीका लागि एन्गोलो कान्टे ट्रेनिङमा फर्के पनि पूर्ण फिट रहेका छैनन् । त्यस्तै रोमाका लागि एमर्सन र कोस्टास मानोलास घाइते छन् । यो खेल पनि नेपाली समय अनुसार १.३० बजे नै सुरु हुने छ ।
आज राति च्याम्पियन्स लिगका अन्य खेलहरु:
बासेल विरुद्ध सिएसकेए मस्को – १.३० बजे
सेल्टिक विरुद्ध बायर्न म्युनिख – १.३० बजे
स्पोर्टिङ विरुद्ध युभेन्टस – १.३० बजे
एट्लेटिको म्याड्रिड विरुद्ध काराबाग – १.३० बजे
पिएसजी विरुद्ध एन्डरलेक्ट – १.३० बजे
ओलम्पियाकोस विरुद्ध बार्सिलोना -१.३० बजे
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]