8 years ago
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली एएफसी यू–१९ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा पराजित आयोजक किर्गिस्तानसँग पराजित भएको छ ।किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा मंगलबार भएको छनोटको पहिलो खेलमा नेपाली युवा टोली किर्गिस्तानको युवा टोलीसँग २–० ले पराजित भएको हो ।
किर्गिस्तानका लागि बोरुबाएभ र शुकुरोभले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको हो । घरेलु टोली किर्गिस्तानले खेलको २२ औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउदै बोरुबाएभले सहज गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको घरेलु टोलीले खेलको इन्जुरी समयमा गोल गर्दै २–० को जित दिलाए ।
नेपालका कप्तान तथा गोलरक्षक अर्पण कार्की अगाडि बढेको मौकामा इन्जुरी टाइमको पाँचौ मिनेटमा शुकुरोभले गोल गर्दै कीर्गिस्तनलाई जित दिलाएका हुन् । घरेलु टोलीविरुद्ध राम्रो प्रदर्शन गरेपनि नेपालले गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।६० औं मिनेटमा किर्गिस्तानका किपर बिट भैसकेको अवस्थामा रेजीन सुब्बा गोल गर्नबाट चुकेका थिए । उनको सामान्य प्रहार किर्गिस्तानका डिफेन्सले क्लियर गर्दै बराबरी टारेका थिए । पहिलो खेलमा हार बेहोरेसँगै नेपालको छनोट यात्रा कठिन बनेको छ ।
नेपालले असोजमा भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप जितेको थियो । कठिन मानिएको समूह ‘ए’ मा रहेको नेपालले छनोटको दोस्रो खेलमा आगमी बिहिबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि कात्तिक १८ मा युएई र कात्तिक २२ मा ओमानसँग अन्तिम खेल खेल्नेछ ।
छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]