default_image

8 years ago

October 31, 2017

बेलसहित रियलका ६ खेलाडी लन्डन गएनन्

161 views

0 Bookmark

 

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका विङ्गर गारेथ बेल र रक्षक राफेल भाराने लन्डन नजाने ६ खेलाडीमा परेका छन् । टोटेनह्यामसँग बुधबार हुने च्याम्प्यिन्स लिगको समूह चरणका खेलका लागि रियलको टोली लन्डन पुगेको छ ।

टोटेनह्यामका पूर्व स्टार बेल, फ्रान्सेली रक्षक भारानेसहित माटेउ कोभाकिक, लुका जिदाने, डानी कार्भाजाल र केलोर नाभास लन्डन जाने १९ सदस्यीय टोलीमा छैनन् । मंसापेसीको चोटका कारण भारान पछिल्लो ला लिगा खेलमा परिवर्तन भएका थिए । गिरोनाविरुद्धको उक्त खेलमा रियल २–१ ले स्तब्ध भएको थिया ।

इस्कोलाई पनि सोही खालको समस्या भएपनि उनी भने ठिक भएर टोटेनह्यामविरुद्धको टोलीमा सामेल भएका छन् । भारानेको सट्टा मैदान प्रवेश गेका नाचो फर्नान्डेजनै टोटेनह्यामविरुद्ध कप्तान सर्जियो रामोससँग जोडीका रुपमा उत्रने सम्भावना छ । त्यस्तै मार्सेलो र अर्चेफ हाकिमी अन्य दुई खेलाडी रक्षापक्तिमा रहने सम्भावना छ । किको कासिलाले रियलको पोस्ट सम्हाल्ने मौका पाउनेछन् ।

टोटेनह्यामविरुद्ध रियलको टोली
कासिला, मोहा, अर्चेफ, रामोस, नाचो, मार्सेलो, थिओ, भालेजो, क्रुस, मोड्रिड, कासिमेरो, एसेन्सियो, इस्को, मार्कोस लोरेन्ट, केबालोस, रोनाल्डो, बेन्जेमा, लुकास भाजक्वेज र मायोरोल

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.