8 years ago
October 31, 2017
नवलपरासी (हाम्रो खेलकुद) – वीरगञ्ज युथ क्लब नवलपरासीमा जारी तेस्रो राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई २–१ ले हराउँदै वीरगन्ज नवलपरासी मध्यबिन्दु ४ कोल्हुवा जारी प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।
वीरगञ्जले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित हासिल गरेको थियो । वीरगञ्जको जितमा अफ्रिकी खेलाडी मिडो र सुशान्त तामाङले गोल गरे । रुपन्देहीका लागि निरज बस्नेतले गोल गरे । खेलको १३ औं मिनेटमा नै निरजको गोलबाट रुपन्देहीले अग्रता लिउको थियो ।
दोस्रो हाफको सुरुआतमै वीरगञ्जका मिडोले बराबरी गोल फर्काए । ७९ औं मिनेटमा सुशान्तले गोल गरे र खेलमा त्यहि निर्णायक गोल बन्यो । प्रतियोगिता अन्र्तगत बुधबार देशभक्त युथ क्लव र आयोजक क्लव बीच खेल हुनेछ । प्रतियोगिताको पहिलो दिन कास्की–११ ले जगदम्बा लुम्बिनीलाई ३–० ले पराजित गरेको थियो ।
देशविदेशमा गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिएको आयोजक नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख २५ हजार ५ सय ५५ र दोस्रो हुनेले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । कात्तिक २५ गते सम्म चल्ने प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]