default_image

8 years ago

November 1, 2017

पिएसजी एन्डरलेक्टविरुद्ध विजयी, डिफेन्डर कुर्जावाको ह्याट्रिक

151 views

0 Bookmark

पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह ‘बि’ को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्डरलेक्टलाई ५-० ले हराएको छ । पिएसजीको जितमा डिफेन्डर लेभिन कुर्जावाले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा नयाँ इतिहास रचेका छन् ।

खेलको ३० औँ मिनेटमा किलियन बाप्पेको पासमा मार्को भेराट्टिले गोल गर्दै पिएसजीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा डि-बक्स बाहिरबाट सुन्दर गोल गर्दै नेयमारले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पिएसजीले थप ३ गोल गर्दा तीनै गोल डिफेन्डर लेभिन कुर्जावाको नाममा रह्यो । ५२ औँ मिनेटमा कुर्जावाले खेलको आफ्नो पहिलो गोल गरे र ७२ औँ मिनेटमा हेडिङमार्फत स्कोर ४-० बनाए ।

त्यस्तै ७८ औँ मिनेटमा कुर्जावाले बक्स भित्रबाट गरेको प्रहारले उनले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । यस प्रदर्शनसँगै कुर्जावा च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेका छन् ।

त्यस्तै समूहको ‘बि’ को अर्को खेलमा बायर्न म्युनिखले सेल्टिकलाई २-१ ले हराएको छ । बायर्नको जितमा किङ्स्ली कोम्यान र जाभि मार्टिनेजले गोल गरेका थिए ।

शतप्रतिशत नतिजा कायम गरिरहेको पिएसजी र ४ खेलमा ९ अंक बटुलेको बायर्न अन्तिम १६ मा छनोट पनि
भएका छन् । एन्डरलेक्ट र सेल्टिकको छनोटको आशा भने सकिएको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.