default_image

8 years ago

November 1, 2017

बार्सिलोना रोकियो , पाँच वर्षयता पहिलो पटक गोल गर्न असफल

123 views

0 Bookmark

एथेन्स (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बार्सिलोनाले ओलम्पियाकस घरेलु मैदानमा गोल रहित बराबरी खेल्दै अंक बाडेको छ ।

barcelona

च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना ५ वर्षमा पहिलो पटक गोल गर्न असमर्थ भएको हो । अघिल्लो पटक बेन्फिकासँग २०१२ मा बार्सिलोनाले समूह चरणमा गोल गर्न सकेकको थिएन ।

ओलम्पियाकससँगको जितले बार्सिलोनाको अर्को चरणमा स्थान पक्का गर्ने भएपनि अब बार्सिलोनाले अर्को खेल कुर्नु पर्ने भएको छ । युभेन्टसले स्पोर्टिङ्ग लेस्बनसँग १-१ को बराबरी खेलेपछि बार्सिल्लोना समूह डी मा ३ अंकको अग्रताका साथ् शिर्ष स्थानमा छ ।

खेलमा बार्सिलोनाका मिडफिल्डर सर्जी रोबर्टोले चोट बोके । पहिलो हाफको अन्त्यमा ह्यामस्ट्रिंगमा चोट बोक्दै बाहिरिएका रोबोर्टोले केहि साता गुमाउन सक्ने छन् ।

च्याम्पियन्स लिगका नतिजा 

समूह ए : बासेल १-२ सिएसकेए मस्को , म्यानचेस्टर युनाइटेड २-० बेन्फिका 

समूह बी : सेल्टीक १-२ बायर्न म्युनिख , पिएसजी ५-० एण्डरलेट 

समूह सी : एथ्लेटिको म्याड्रिड १-१ काराबाक , रोमा ३-० चेल्सी

समूह डी : ओलम्पियकस ०-० बार्सिलोना , स्पोर्टिङ्ग सिपी १-१ युभेन्टस

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.