default_image

8 years ago

November 1, 2017

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र टोटनह्याम भिड्दै

100 views

0 Bookmark

लण्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज साविक विजेता रियल म्याड्रिड र इङ्ग्लिस टोली टोटनह्याम हटस्पर भिड्दै छन् । वेम्ब्ली स्टेडियममा खेलिने सो खेल आज राति १.३० बजे सुरु हुने छ ।

घरेलु लिगमा रियलले जिरोनाविरुद्ध २-१ को आश्चर्यजनक हार बेहोरेको थियो । त्यस्तै टोटनह्याम पनि यस साता म्यानचेस्टर युनाइटेडसँग १-० ले हारेको थियो । च्याम्पियन्स लिगमा भने दुवै टोली अपराजित रहँदै ७ अंक बटुलेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा खेलिएको पछिल्लो खेल १-१ को बराबरीमा टुङ्गिएको थियो । तर त्योभन्दा पहिलेका खेलहरुमा टोटनह्यामविरुद्ध रियलको निकै राम्रो इतिहास रहेको छ ।

घरेलु लिगमा चोटका कारण खेल गुमाएका टोटनह्यामका मुख्य स्ट्राइकर ह्यारी केन यस खेलमा आगमन गर्न सक्ने छन् । त्यस्तै च्याम्पियन्स लिगमा ३ खेल प्रतिबन्ध पाएका डेले अल्ली पनि यस खेलदेखि उपलब्ध छन् ।

रियल म्याड्रिडका लागि डिफेन्डर राफायल भरान घाइते रहेकाले उनको स्थान नाचोले लिने सम्भावना रहेको छ । त्यस्तै केलर नाभास र ग्यारेथ बेल पनि घाइते छन् । ड्यानियल कार्जाभाल भने चोटपछि ट्रेनिङमा फर्के पनि सुरुवात गर्न भने सक्ने छैनन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.