default_image

8 years ago

November 1, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी नेपोलीको सामना गर्दै

107 views

0 Bookmark

नाप्लेस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एफ’ अन्तर्गत आज राति नेपोली र म्यानचेस्टर सिटी भिड्दै छन् । नेपोलीको घरेलु मैदान स्टाडियो सान पाउलोमा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ ।

घरेलु टोलीका लागि आर्काडुइज मिलिक घाइते छन् भने सिटीका डिफेन्डरद्वय भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डि पनि घाइते रहेका छन् । सिटीविरुद्ध पछिल्लो खेलमा नेपोलीले आफ्ना केहि खेलाडिहरुलाई विश्राम दिएको थियो तर आज भने प्रशिक्षक मारिजियो सारिले आफ्नो सबै पहिलो रोजाईकै खेलाडि खेलाउने छन् ।

म्यानचेस्टर सिटी प्रिमियर लिगको र नेपोली इटालियन सेरीआको शीर्ष स्थानमा छन् । घरेलु लिगमा दश खेलमा सिटीको २८ अंक छ भने ११ खेलमा नेपोलीको ३१ अंक रहेको छ । यी दुई बीच खेलिएको अघिल्लो च्याम्पियन्स लिगको खेलमा भने सिटी २-१ ले विजयी रहेको थियो ।

त्यस्तै सोहि समयमा अर्को इङ्ग्लिस टोली लिभरपुल मेरिबोरको सामना गर्दै छ । लिभरपुलका लागि फिलिप कौटिन्हो, साडियो माने र रोबर्टो फिर्मिनो घाइते रहेका छन् । दुई साता अघि खेलिएको यी दुई बीचको खेलमा लिभरपुल ७-० ले विजयी रहेको थियो ।

आज राति च्याम्पियन्स लिगमा खेलिने अन्य खेलहरु:

बेसिक्टास विरुद्ध मोनाको – १०.४५ बजे

पोर्टो विरुद्ध आरबि लेपजिग – १.३० बजे

शाख्तार डोनेस्क विरुद्ध फेयेनूर्ड – १.३० बजे

सेभिल्ला विरुद्ध स्पार्टाक मस्को – १.३० बजे

बोरुसिया डर्टमन्ड विरुद्ध एपोएल निकोसिया – १.३० बजे

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.