default_image

8 years ago

November 1, 2017

‘बाप्पे विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता राख्छन्’– ग्लिक

124 views

0 Bookmark

पेरिस (एजेन्सी)– मोनाकोका खेलाडी कामिल ग्लिकले पूर्व सहयात्री केलियन बाप्पे विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता राख्ने विश्वास दर्शाउँदै त्यहि अनुरुप उनको खेल जीवन अघि बढाइरहेको बताएका छन् ।

बाप्पेकै उच्च प्रदर्शनको मद्दतमा गत सिजन मोनाकोले लिग १ को उपाधि जितेको थियो । उनले लिगका २९ खेलमा १५ गोल गरेका थिए । यो सिजन बाप्पले लोनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए ।

पोलिस अन्तर्राष्ट्रिय ग्लिकले बायर्न म्युनिखका रोबेर्टे लेवान्डोवस्कीसँग खेले भने कोलम्बियाका राडामेल फाल्काओसँग पनि मोनाकोमा सँगै अभ्यास गरे । तर, उनी बाप्पेबाट निकै प्रभावित छन् । १८ वर्षे फरवार्ड बाप्पे अझै उत्कृष्ट बन्ने विश्वास ग्लिकलाई छ ।

यद्दपी अहिले उनलाई केहि दबाब रहेको बताउँछन् । ‘उनलाई अहिले दबाब छ । तर उनी आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्षम छन् ’ उनले भने, ‘उनले अझै राम्रो गर्न सक्छन् । मलाई विश्वास छ उनी एक दिन फुटबलको उच्च ठाँउमा पुग्नेछन् । त्यसका लागि उनी सक्षम छन् । ’

भविष्यको विश्व फुटबलको नेतृत्वकर्ताका रुपमा आफुले बाप्पलेलाई लिएको उल्लेख गर्दै ग्लिकले भने, ‘म भन्न सक्छु उनको भविष्य उज्वल छ । उनी यसको माथिल्लो तहमा पुग्नेमा मलाई शंका छैन । मैले अहिले सम्मसँगै खेलेका मध्ये उनी एक हुन्, सायद सबै भन्दा उत्कृष्ट हुन् ।’

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.