default_image

8 years ago

November 2, 2017

टोटनह्यामसँग साविक विजेता रियल म्याड्रिड पराजित

154 views

0 Bookmark

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्लिस टोली टोटनह्यामले रियल म्याड्रिडलाई ३-१ ले हराएको छ । टोटनह्यामको यस ऐतिहासिक जितमा डेले अल्लीले दुई गोल गरेका थिए ।

खेलको २७ औँ मिनेटमै रियलविरुद्ध टोटनह्याम अग्रता लिन सफल भएको थियो । केरियन ट्रिप्पिएरको पासमा अल्लीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ५६ औँ मिनेटमा बक्सको छेऊबाट सुन्दर प्रहार गर्दै अल्लीले टोटनह्यामको अग्रता दोब्बर बनाए ।

खेलको ६५ औँ मिनेटमा टोटनह्याम काउन्टर-अट्याकमा फेरि अर्को गोल गर्न सफल भयो । ह्यारी केनको राम्रो पासमा क्रिस्टियन एरिक्सनले सहज फिनिस गर्दै लगभग जित सुनिश्चित गरेका थिए ।

खेलमा १० मिनेट बाँकि छँदा क्रिस्टियानो रोनाल्डोले रियलका लागि एक गोल फर्काए पनि सो गोल सान्तवना मात्र सावित भयो । यस जितसँगै टोटनह्याम ४ खेलमा १० अंकसहित अन्तिम १६ मा पुग्न सफल भएको छ ।

समूहमा रहेका बोरुसिया डर्टमन्ड र एपोएल निकोसियाले बराबरी खेलेका छन् । त्यसैले यस नतिजाले रियलको छनोटको सम्भावनामा भने खासै असर पारेको छैन ।

घरेलु लिगमा जिरोनाविरुद्ध पनि आश्चर्यजनक हार बेहोरेको रियलको ७ अंक छ  भने डर्टमन्ड र निकोसियाको समान दुई अंक रहेको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.