default_image

8 years ago

November 2, 2017

नेपोलीविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित

101 views

0 Bookmark

नाप्लेस (एजेन्सी) – च्याम्पियन्स लिग समूह ‘एफ’ अन्तर्गत म्यानचेस्टर सिटीले नेपोलीमाथि ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ । यस जितमा सर्जियो अगुएरोले गोल गर्दै सिटीका सर्वाधिक गोलकर्ता पनि बने ।

खेलमा निकै आक्रामक सुरुवात गरेको नेपोलीले २१ औँ मिनेटमै अग्रता  लिन सफल भएको थियो । ड्रायस मर्टेन्सको पासमा लोरेन्जो इन्सिन्याले शान्दार गोल गरेका थिए । तर इल्के गुन्डोगनको क्रसमा डिफेन्डर निकोलास ओटामेन्डिले ३४ औँ मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।

त्यस्तै दोस्रो हाफको सुरुवाती केहि मिनेटमै जोन स्टोन्सको हेडरमार्फत सिटीले खेलमा अग्रता लियो । तर लेरोय सानेको फलमा पाएको पेनाल्टीलाई फ्रेलो फिल्होले गोलमा परिणत गर्दै नेपोली खेलमा फर्केको थियो ।

नेपोलीको सो गोलको केही मिनेटमै सर्जियो अगुएरोले कान्टर-अट्याकमा गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए । यस गोलसँगै सर्जियो अगुएरो म्यानचेस्टर सिटीकै इतिहासमा सबैभन्दा बढि गोल गर्ने खेलाडि पनि बने । खेलको इन्जुरी समयमा रहिम स्टेर्लिङले गोल गर्दै सिटीको रोमाञ्चक जित सुनिश्चित गरेका थिए ।

४ खेलमा १२ अंक बटुल्दै सिटी समूह एफको अग्रस्थानमा छ भने ३ अंकका साथ नेपोली तेस्रोमा छ । समूहको अर्को खेलमा शाख्तार डोनेस्कले फेयेनूर्डलाई ३-१ ले हराउँदै ९ अंक बटुल्न सफल भएको छ ।

गए राति च्याम्पियन्स लिगका अन्य खेलहरुको नतिजा:

बेसिक्टास १-१ मोनाको

लिभरपुल ३-० मेरिबोर

सेभिल्ला २-१ स्पार्टाक मस्को

पोर्टो ३-१ आरबी लेपजिग

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.