8 years ago
November 2, 2017
लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्ग्लिस टोली टोटनह्याम विरुद्धको ३-१ को हारपछि बोल्दै रियल म्याड्रिडका प्रशिक्षक जिनेदि जिदानले टोटनह्याम सबै पक्षमा आफ्नो टोलीभन्दा राम्रो खेलेको बताए ।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै जिदानले आफु आफ्नो टोलीको प्रदर्शनबाट चिन्तित नरहेको तर घरेलु टोली सबै पक्षमा राम्रो खेलेको बताए । पत्रकार सम्मेलनमा जिदानले आफ्नो टोलीको आलोचना गर्नु चाहेनन् बरु टोटनह्यामको प्रशंसा गरे ।
“म चिन्तित छैन र यो सिजनभरी रहने पनि छैन किनभने कहिले गोल हुन्छ र कहिले हुँदैन । आज टोटनह्याम हामीभन्दा राम्रो थियो,” जिदानले भने । जिदानले टोटनह्याम पनि च्याम्पियन्स लिगको दाबेदार रहेको जनाए ।
घरेलु लिगमा यही साता जिरोनासँग २-१ को आश्चर्यजनक हार बेहोरेको रियल आफ्नो प्रतिद्वन्दि बार्सिलोनभन्दा ८ अंक पछाडि रहेको छ । टोटनह्याम पनि यो साता म्यानचेस्टर युनाइटेडसँग १-० ले पराजित भएको थियो । तर रियलसँगको यस जितले घरेलु लिगमा पनि उसको मनोबल पक्कै उच्च रहने छ ।
यस साता ला लिगामा रियल अब तालिकाको १८ औँ स्थानमा रहेको लास पाल्मासको सामना गर्ने छ भने टोटनह्याम प्रिमियर लिगको पुछारमा रहेको क्रिस्टल प्यालेससँग भिड्दै छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]