8 years ago
November 2, 2017
लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा टोटनह्यामसँग ३-१ को हारपश्चात साविक विजेता रियल म्याड्रिडले थुप्रै आलोचना बेहोर्नु परेको छ । त्यसैमाझ एक पत्रकारले क्रिस्टियानो रोनाल्डोलाई यस सिजनको आफ्नो फितलो प्रदर्शनप्रति अौंला उठाएपछि रोनाल्डोले आफ्नो गोलहरु गुगलमा हेर्नु भनेर बताए ।
रोनाल्डोले यस सिजन १२ खेलमा ८ गोल गरे पनि ला लिगामा भने ६ खेलमा केवल एक गोल गरेका छन् । गए राति रोनाल्डोले एक गोल गरे पनि रियललाई हार्नबाट भने बचाउन सकेनन् । दुई खेलमा लगातार हारपश्चात रियल म्याड्रिडका प्रशिक्षक र खेलाडिले थुप्रै आलोचना बेहोरेका छन् ।
हारपश्चात पत्रकारसँग बोल्दै रोनाल्डोले भने, “राम्रो वा नराम्रो प्रदर्शन आज मान्य छैन किनभने तपाईंले गोल मात्र हेर्नु हुन्छ । म आफ्नै तथाङ्कहरुबारे बोल्दिनँ । गुगलमा गएर ‘क्रिस्टियानो रोनाल्डो गोल’ लेख्नुस्, मेरो सबै गोल भेट्नु हुन्छ ।”
रियलसँग आफ्नो अझै चार वर्ष अनुबन्ध बाँकी रहेकाले अहिले नै सम्झौतामा हस्ताक्षर गर्न नचाहेको पनि उनले बताए । २०१६/१७ को सिजनका लागि ‘फिफा द बेस्ट प्लेयर’को उपाधि जितेका रोनाल्डोको सन् २०१७ मा मात्रै भने प्रदर्शन निकै खस्केको छ ।
२०१७ मा कुल २४ खेल खेल्दै रोनाल्डोले १६ गोल गरेका छन् भने उनको प्रतिद्वन्दि लियोनल मेस्सीको ३१ खेलमा ३७ गोल रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]