8 years ago
November 2, 2017
ब्युनोस आइरेस (एजेन्सी) – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले क्षतिपूर्तिबाट प्राप्त रकम परोपकारी काममा दिएका छन् । अर्जेन्टिनी पत्रिका ला राजोन विरुद्धको मुद्दा जित्दै क्षतिपूर्तिका रुपमा पाएको ७० हजार युरो भन्दा बढी रकम मेस्सीले परोपकारी संस्था ‘डक्टर्स विथआउट बोर्डर्स’ लाई प्रदान गरेका छन् ।
सन् २०१४ को विश्व कपमा जर्मनीसँग फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीको चर्को आलोचना गरेको ला राजोनविरुद्धको मुद्दा मेस्सीको पक्षमा फैसला भएको थियो ।
अल्फोन्सो उसियाले प्रकाशित गरेको समाचारमा मेस्सीले प्रदर्शन राम्रो बनाउन न्यानड्रोलोन नामक ड्रगको प्रयोग गरेको आरोप लगाएका थिए । करिब १७ महिना तामेलीमा रखिएको मुद्दामा सुनवाई गर्दै स्पेनको सर्वोच्च अदालतले बार्सिलोनाको अदालतको आदेशलाई सदर गरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]