8 years ago
November 3, 2017
लिस्बोन (एजेन्सी)– मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् । पोर्चुगेली क्लब भिटोरिया डी गुमाइरेसको घरेलु मैदानमा १–० को पराजय भोग्नु अघि एभ्राले फ्यानमाथि आक्रमणको प्रयास गरेका थिए ।
खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका एभ्रा रातो कार्ड पाएपछि ड्रेसिइङ्ग रुममा फर्केका थिए । वार्म अपको समयमा मार्सेलको भ्रमणकारी समर्थकहरुले उनीविरुद्ध नारा लगाएपछि केहि समर्थकहरु मैदान तर्फ अघि बढेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान एभ्राले विज्ञापनको बोर्ड माथिबाट लात हान्ने प्रयास गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]