8 years ago
November 3, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड द्वय नेयमार र केलियन बप्पेमाथिको आलोचनालाई लिएर कप्तान थिएगो सिल्भाले मिडियाहरुले अनावश्यक दबाब दिएको बताएका छन् ।
च्याम्पियन्स लिगमा डच क्लब एण्डरलेटलाई पिएसजीले ५–० ले हराएपछि नेयमार र बाप्पेले अनावश्यक दबाबको सामना गर्दै आएको सिल्भाले बताएका हुन् । ‘मलाई लाग्छ बाप्पेलाई नचाइदो दबाद दिइएको छ । नेयमारपनि अहिले २५ वर्षका मात्र छ्न् ,’ उनले भने, ‘यसबाट उनले दुःख भोगेका छन् । अझ बाप्पे बल्ल १८ बर्षका हुँदै छन् । फुटबलमा प्राय खेलाडीले शत प्रतिशत खेल्दा पनि हरेक पटक उत्कृष्ट प्रदर्शन आउदैन ।’
चर्को आलोचनाको शिकार भइरहेका कारण नेयमार फ्रान्समा खुशी नरहेको खबरहरु आउन थालेका छन् । यद्दपी नेयमारले यस विषयमा केही बोलेका छैनन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]