default_image

8 years ago

November 3, 2017

खेलकुदका हस्तीहरु चुनावी मैदानमा, एनओसी अध्यक्षदेखि एन्फा सिइओसम्म

231 views

0 Bookmark

प्रकाश तिमल्सिना
काठमाडौं– खेलकुद जगतमा स्थापित नाम राजनीतिक नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । मंसिर  २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ओलम्पियन, कराते खेलाडीदेखि एन्फा पदाधिकारीलाई समेत उम्मेदवार बनाएको छ । खेलकर्मी मध्ये एकजनाले प्रतिनिधि सभा र बाँकीले प्रदेश सभाका लागि प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका छन् ।

माथी बायाँबाट क्रमश : जीवनराम श्रेष्ठ, सुरेन्द्र हमाल, इन्द्रमान तुलाधर, मीनकृष्ण महर्जन । तल बायाँबाट क्रमश : किशोर राई , केशव स्थापित, कुमार जंग थापा ।

नेकपा एमालले काठमाडौं क्षेत्र ८ को प्रतिनिधि सभाका लागि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई प्रस्तुत गरेको छ । एमालेको केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठ यसअघि पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । मनोनयन पत्र दर्ता गर्ने अघिल्लो दिन सम्म पनि श्रेष्ठले टिकट पाउने पक्का थिएन । वाम गठबन्धनबाट क्षेत्र नं ८ मा माओवादी केन्द्रको भागमा परेपनि अन्तिम समयमा श्रेष्ठले नै उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष सुरेन्द्र हमाल बाँके क्षेत्र नं २ को ‘ख’बाट उम्मेदवार बनेका छन् । ओलम्पियन हमाल भारोत्तलनका दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडी हुन् ।भारोत्तोलनको एसियाली च्याम्प्यिनसिपका पदक विजेता हमाल नेपालगन्ज नगरपालिकाको पूर्व उपमेयर हुन् ।

उपत्यकामा नेपाली कांग्रेसले खेलका दुई स्थापित नामलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले कांग्रेसबाट काठमाडौं क्षेत्र नं ९ को ‘क’ बाट प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । लामो समयदेखि तेक्वान्दो प्रशिक्षक समेत रहेका तुलाधर ए डिभिजन क्लब सिएमजी संकटाका अध्यक्ष पनि हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव केशव स्थापितलाई एमालले काठमाडौं क्षेत्र नं ६ को ‘क’ प्रदेशको उम्मेदवार बनाएको छ । स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर हुन् ।

कांग्रेसले कराते मीनकृष्ण महर्जनलाई ललितपुर १ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवार बनाएको छ । करातेका स्थापित नाम महर्जन  राखेपका पूर्व कोषाध्यक्ष पनि हुन् । एन्फा उपाध्यक्ष किशोर राई कांग्रेसबाट सुनसरी क्षेत्र नं १ को ‘क’बाट प्रदेश सभाको उम्मेदवार बनेका छन् । राखेपका पूर्व सदस्य उनी लामो समयदेखि एन्फा उपाध्यक्षका रुपमा रहेका छन् भने स्थानिय रुपमा राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

कांग्रेसले नै एन्फाका पूर्व महासचिव कुमारजंग थापालाई सुनसनरी क्षेत्र नै ३ को ‘क’बाट उम्मेदवार बनाएको छ । लामो समय एन्फामा रहेका थापा केही वर्षअघि बाट स्थानिय रुपमा राजनीतिमा सक्रिय हुँदै आएका थिए । त्यस्तै एन्फाका केन्द्रिय महमद सदस्य समिउल्लाहले बारामा एमालेबाट टिकट पाएका छन् । राखेपका पूर्व सदस्य समेत रहेका उनले बारा क्षेत्र नं ३ को ख बाट प्रत्यक्षमा बाट उम्मेदवारी दिएका छन् ।

एमाले उम्मेदवार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र पुरातात्विक महत्वको क्षेत्र भएकोले त्यसको विकास र देशको आर्थिक समृद्धिका लागि लागि पर्ने बताएका छन् । उनले खेलकुदका हकमा भने देशको मुलधारमा ल्याउने गरि नीति निर्माणमा पहल गर्ने योजना सुनाए । ‘खेलकुदलाई राष्ट्को गौरवको क्षेत्रका रुपमा स्थापित गर्ने मेरो प्रयास हुनेछ,’ राखेप का पूर्व सदस्य सचिव समेत रहेका उनले भने, ‘खेलाडीको भविष्य सुनिश्चित हुने गरि हामीले नीति निर्माणमा जोड दिनुपर्दछ ।’

कांग्रेस उम्मेदवार तुलाधर खेलकुदबाट राजनीतिमा पनि स्थापित हुन सकिन्छ भन्ने उदाहरणका रुपमा यसलाई लिन्छन् । ‘हामीले खेलकुदका माध्यमबाट एउटा परिचयन बनायौं ,’ उनले भने,’हाम्रो पार्टीले प्रदेश सभामा फुटबलबाट हामी ३ जना र करातेका एकजनालाई टिकट दिएको छ । यसले पनि खेलकुदको महत्वलाई दर्शाउछ ।’

जितप्रति पूर्व रुपमा विश्वस्त रहका तुलाधरले प्रदेशको खेलकुद विकासका लागि पहल गर्ने बताए । ‘अहिले खेलकुद स्थानिय तहबाट हेर्ने भन्ने नीति छ । त्यहि अनुसार हामीले जितेपछि खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्नेर्छौ,’ उनले थपे, ‘खेलकुद विकासका लागि पूर्वाधार विकास अनिवार्य शर्त हो, त्यहि अनुसार हाम्रो पहल हुनेछ ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.