8 years ago
November 3, 2017
वेल्स (एजेन्सी)– वेल्स राष्ट्रिय टिमका प्रशिक्षक क्रिस कोलम्यानले आफ्ना फरवार्ड ग्यारेथ बेल आउने अन्तराष्ट्रिय खेलहरुका लागि उपलब्ध हुने वा नहुने निर्णय रियलले लिने बताएका छन् । वेल्सले यो महिना फ्रान्स र पानामासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
बेल भर्खर चोटमुक्त भएर प्रशिक्षणमा फर्केका छन् तर उनले सेप्टेम्बरदेखि खेलेका छैनन् । पिंडौलाको समस्याका कारण त्यस अवधिमा बेलले रियलका लागि सात खेल गुमाइसके ।
‘हामी रियलसँग नियमित सम्पर्कमा छौं । हामी रियलले भने अनुसार नै गर्छौं । अब उनले हामीसँगै अभ्यास गर्नेछन्,’ कोलेमनले भने, ‘यदि उनीहरुले बेलले २० वा ३० मिनेट खेल्न सक्छन् भने पनि हाम्रो लागि ठिकै छ । यदि खेल्न हुन्न भन्छन् भने त्यसका लागि पनि हामी तयार छौं ।’
कोलेमनले बेलको फिटनेसलाई हानी हुने गरि केही नगरिने पनि प्रष्ट पारेका छन् । ‘हामीले उनीहरुलाई सधैको प्रगति विवरण दिइरहने छौँ,’ उनले थपे, ‘त्यही जानकारीको हिसाबमा रियलले बेल खेल्न तयार छैनन् भन्छन् भने उनी खेल्ने छैनन् ।’
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]