default_image

8 years ago

November 3, 2017

जान्नुहोस् २०१७ को अहिलेसम्मका शीर्ष ५ गोलकर्ताहरु

181 views

0 Bookmark

विविध सुवेदी

काठमाडौं – युरोपियन लिगलाई घातक स्ट्राइकरहरुको अखडा मानिन्छ । ती स्ट्राइकरहरुमध्ये पनि केही आफूलाई अरुभन्दा उत्कृष्ट तुल्याउन लागिपरेका हुन्छन् । २०१७ साल सकिन दुई महिना बाँकि रहँदा जानौं २०१७ को अहिलेसम्मका शीर्ष गोलकर्ताहरु को-को रहेका छन् ।

१. लियोनल मेस्सी

यस वर्षको सुरुवातदेखि मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ४६ गोल गरिसकेका छन् । यसक्रममा मेस्सीको हरेक ८८ मिनेटमा एक गोलको औसत रहेको छ । उनको यस रेकर्डका कारण उनलाई यस वर्षको बलोन डि’ओरको मुख्य दाबेदार पनि मानिएको छ किनभने उनको प्रतिद्वन्दि क्रिस्टियानो रोनाल्डोको यस वर्ष ३३ तथा नेयमारको २५ गोल मात्र रहेको छ । गत साल पनि मेस्सी ५० गोलसँग शीर्ष स्थानमै थिए ।

२. ह्यारी केन

Kane score

इङ्ग्ल्यान्ड र टोटनह्याम हटस्परका स्ट्राइकर ह्यारी केनले आफूलाई यस वर्ष युरोपकै सबैभन्दा प्रभावकारी स्ट्राइकरमध्ये एकमा स्थापित गरेका छन् । ३५ खेल खेल्दै उनले ३८ गोल गरेका छन् । उनको ७६ मिनेटमा एक गोलको औसत भने मेस्सीको भन्दा पनि राम्रो रहेको छ । वर्षको सुरुवाततिर उनले केही खेल चोटका कारण गुमाएका थिए भने अघिल्लो साता पनि म्यानचेस्टर युनाइटेडविरुद्ध केन घाइते थिए ।

३. एडिन्सन काभानी

पेरिस सेन्ट जर्मन (पिएसजी) र उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीले २०१७ मा ३८ खेल खेल्दै ३६ गोल गरिसकेका छन् । उनको ८९ को गोल औसत मेस्सीकै तुलनामा रहेको छ । काभानीले अगष्टदेखि सुरु भएको यस सिजनमा मात्र भने सबै प्रतियोगिताको २१ खेलमा १७ गोल गरेका छन् । नेयमार र किलियन बाप्पेसँगको नयाँँ साझेदारीबाट उनलाई निकै फाइदा पुगेको देखिन्छ ।

४. रोबर्ट लेवान्डोस्की

सन् २०१७ को शीर्ष गोलकर्ताको चौथोमा बायर्न म्युनिख र पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन् । उनको गोलसङ्ख्या र औसत पनि काभानीसँग निकै मिल्दो छ । २९ वर्षीय लेवान्डोस्कीले ८९ को औसत कायम गर्दै ३८ खेलमा ३६ गोल गरेका छन् । गत साल बुन्डेस लिगाको शीर्ष गोलकर्तामा भने पियर एम्रिक-अबेमियाङसँग एक गोलले पछि पर्दै लेवान्डोस्की दोस्रो भएका थिए ।

५. बास डोस्ट

स्टारहरुले भरिएको यस सूचीमा बास डोस्ट खासै चर्चित नाम नहोला । तर यस वर्ष पोर्चुगलको स्पोर्टिङबाट खेलिरहेका डोस्टले ३७ खेलमा ३४ गोल गर्दै युरोपका ठूला खेलाडिहरुलाई पनि पछि पारेका छन् । नेदरल्यान्ड्सका २८ वर्षीय डोस्टको ९१ को गोल औसत राडामेल फाल्काओ (९६), रोनाल्डो (१०१) र नेयमार (१३८) को भन्दा पनि राम्रो रहेको छ ।

( एजेन्सीको सहयोगमा )

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.