8 years ago
November 3, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग तथा स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड इङ्ग्लिस टोली टोटनह्याम हटस्परबाट तीन जनालाई अर्को वर्ष आफ्नो क्लबमा भित्र्याउन इच्छुक रहेको बताइएको छ । रियल यस साता च्याम्पियन्स लिगमा टोटनह्यामसँगै ३-१ ले पराजित भएको थियो ।
इङ्ग्लिस पत्रिका एक्सप्रेसका अनुसार रियल म्याड्रिड टोटनह्यामका दुई स्टार खेलाडि ह्यारी केन र डेले अल्ली तथा प्रशिक्षक माउरिसियो पोसेटिनोलाई साइन गर्न इच्छुक रहेको जनाइएको छ ।
यस सिजन घरेलु लिगमा रियल म्याड्रिडले १० खेलमा २० अंक बटुलेको छ र आफ्नो प्रतिद्वन्दि बार्सिलोनाभन्दा ८ अंकले पछि रहेको छ ।
रियलको यस्तै खराब लय चलिरहेको अवस्थामा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षक जिनेदे जिदानको पनि विकल्प खोज्ने छन् । सो अवस्थामा पोसेटिनो रियलको पहिलो रोजाई हुन सक्ने बताइएको छ ।
त्यस्तै ह्यारी केनलाई भने आउने वर्षहरुमा करिम बेन्जिमाको स्थानमा क्लबमा ल्याउने सकिने बताइएको छ । यसै गरी, च्याम्पियन्स लिगमा रियलविरुद्ध दुई गोल गरेका युवा खेलाडि डेले अल्लीप्रति पनि रियल आकर्षित रहेको जनाइएको छ ।
पछिल्लो पटक सन् २००८ मा लिग कप जितेदेखि उपाधिविहिन रहेको टोटनह्यामले यस सिजन पनि केही उपाधि नजितेको अवस्थामा केन वा अल्लीले क्लब छोड्ने सम्भावना देखिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]