default_image

8 years ago

November 4, 2017

प्रिमियर लिगमा लिभरपुल आज वेस्ट ह्यामको सामना गर्दै

136 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा आज राति अंक तालिकको छैठौंमा रहेको लिभरपुल १६ औं स्थानको वेस्ट ह्यामसँग भिड्दै छ । वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा खेलिने यस खेल नेपाली समयअनुसार रातिको ११.१५ बजे सुरु हुने छ ।

लिभरपुलका केहि मुख्य खेलाडिहरु घाइते रहेकाले प्रशिक्षक जर्जेन क्लप समस्यामा छन् । एडम लालाना र फिलिप कौटिन्हो लिभरपुलका लागि घाइते छन् भने स्टार खेलाडि साडियो माने ट्रेनिङमा फर्किए पनि सुरुवात भने गर्न सक्ने छैनन् ।

त्यस्तै घरेलु टोलीका लागि पनि उस्तै समस्या रहेको छ । वेस्ट ह्यामका ४ मुख्य डिफेन्डर यस खेलमा उपलब्ध नहुन सक्छन् । पाब्लो जाबालेटा प्रतिबन्धित छन् भने विन्स्टन रिड, जोसे फोन्टे र जेम्स कोलिन्स घाइते रहेका छन् ।

गत साता खेलको अन्तिम मिनेटमा गोल खाँदै वेस्ट ह्याम क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकिएको थियो । त्यस्तै लिभरपुल भने टोटनह्यामसँगको ४-१ हारपश्चात गत साता लिगमा हडर्सफिल्डमाथि ३-० को जित दर्ता गर्न सफल भएको थियो ।

आज प्रिमियर लिगमा खेलिने अन्य खेलहरु:

स्टोक सिटी विरुद्ध लेस्टर सिटी – ६.१५ बजे

साउथह्याम्पटन विरुद्ध बर्नली – ८.४५ बजे

न्यूकासल युनाइटेड विरुद्ध बर्नमाउथ – ८.४५ बजे

हडर्सफिल्ड विरुद्ध वेस्ट ब्रोम – ८.४५ बजे

स्वान्सि सिटी विरुद्ध ब्राइटन – ८.४५ बजे

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.