8 years ago
November 4, 2017
लिस्बोन (एजेन्सी) – रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यसै महिना अमेरिकासँग हुने मैत्रीपूर्ण खेलका लागि पोर्चुगेली फुटबल टोलीमा समेटिएका छैनन् । नभेम्बर १० मा साउदी अरबिया र १४ मा अमेरिकासँग हुने खेलमा रोनाल्डो खेल्ने छैनन् ।
पोर्चुगलका प्रशिक्षक फर्ननान्डो सिल्भाले रोनाल्डोसहित रिकार्डो करेस्मा र नानीलाई पनि २४ खेलाडीको सूचीमा राखेनन् । ‘नियमित खेलाडी टोलीमा नपर्नुको कारण छन्‘, सिल्भाले भने,’कोहि मेरो रोजाइका कारणले भने कोहि चोटका कारणले टोलीमा परेनन् ।‘
सिल्भाका अनुसार पोर्चुगलले विश्व कपमा खेलाउने २३ खेलाडीको निर्णय गर्नुअघि सबै विकल्पको प्रयोग गर्नेछ । युरोपियन छनोट चरण अन्तर्गत समूह ‘बी‘ को विजेता हुँदै पोर्चुगलले अर्को वर्ष हुने रुस विश्व कपमा स्थान बनाएको हो ।
पोर्चुगेली टोली
गोलकिपर : एन्थोनी लोपेज (लियोन), बेटो (गोत्जेपे), जोसे सा (पोर्टो)
डिफेन्डर : अण्टुनेस (गेटाफे) , एड्गर ली (लिली), केभिन रोडरिग्वेज (रियल सोसिड्याड), जोआ कान्सेलो (इन्टर मिलान), लुइस नेटो (फेनरबाचे), नेल्सन सेमेडो (बार्सिलोना), पेपे(बेसिक्टास), रिकार्डो फेरेईरा (ब्रागा) , रिकार्डो पेरेईरा (पोर्टो)
मिडफिल्डर : बेर्नाण्डो सिल्भा (म्यानचेसतर सिटी), ब्रुनो फर्नानडेज(स्पोर्टिङ्ग लिस्बोन), ड्यानिलो पेरेईरा (पोर्टो), जोआ मारिओ (इन्टर मिलान), मानुएल फर्नानडेज (लोकोमोटिभ), रुबेन नेभेस (वुल्भ्स)
स्ट्राइकर : आण्ड्रे सिल्भा (एसी मिलान), ब्रुमा (लेइपजिग), एडर (लोकोमोटिभ), गेल्सन मार्टिन्स (स्पोर्टिङ्ग लिस्बोन), गोन्कालो ग्युडेस (भ्यालेन्सिया), रोनी लोपेस (मोनाको)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]